News & Gossip »News & Gossip
Share |
सेक्सबारे रेजिना
1 May 2008-Thursday
-Achyut Koirala

 कसले भन्छ हाम्रा नायिकाहरु सेक्सका बारेमा बोल्न लजाउँछन् ? उनीहरु परिआएको खण्डमा खुला रुपमा आफ्ना कतिपय भित्री कुरासमेत भन्न बाँकी राख्दैनन् । हाम्रा नायिकाहरुको सेक्ससम्बन्धी धारणा बुझ्न चाहनु हुन्छ भने त्यसको एउटा झल्को हामी तपाइँलाई दिनेछौँ ।नायिका रेजिना उप्रेती यस्ता कुरामा खुलस्त बोल्न रुचाउँछिन् । प्रेम, सेक्स र जीवनका बारेमा उनको आफ्नै धारणा छन् । तिनलाई उनी मेट्न चाहन्नन्, न त उनी हिप्पोक्रेट हुन चाहन्छिन् ।हालै उनले छायाँछवि  पत्रिकालाई सेक्स विषयमा केन्द्रित रहेर दिएको अन्तरवार्ताका महत्वपूर्ण अंश तपाइँलाई पढाउँदैछौँ-

 

तपाइँको उमेर ?
केटी मान्छेको उमेर नसोधौँ होला ।

सेक्सबारे तपाइँको धारणा ?
यसका बारे सबैलाई थाहा छ, मैले धारणा व्यक्त गरिरहनु पर्ला र ?

सेक्सको पहिलो अनुभव बताउन मिल्ला ?
कहाँ म सबै कुरा मिडियालाई भन्छु र ? (हा...हा...हा...)

बिहेको सोचाई केही छ कि ?
छैन, हेरौँ दुइ चार वर्षपछि के हुन्छ !

सेक्स मानवीय आवश्यकता हो कि होइन त ?
शायद भगवानले जरुरी देखेर नै बनाएको होला । वंश सञ्चालनका लागि आवश्यक चिज हो सेक्स ।

सेक्सबारे खुल्ला कुरा गर्न हामी नेपाली किन संकुचित भएका हौंला ?
हाम्रो कल्चरले हामीलाई बाँधेको छ । यसैले हामी खुलेर कुरा गर्न सक्तैनौँ । तर यस्तै राम्रो नि !

उमेरले सेक्स डिमाण्ड गर्छ । पूर्ति गर्न के गर्नु हुन्छ ?
भोकलाग्दा मान्छेले कुनै न कुनै तरिकाबाट खाना खान्छ, त्यस्तै त्यो पनि जरुरत भएपछि मान्छेले कुनै न कुनै तरिकाबाट पूर्ति गरिहाल्छ नि ।

चलचित्रमा अभिनय गर्दा पुरुष साथीहरुसँग कामुकताको अभिनय गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा उत्तेजना हुन्छ ? हुन्छ भने कसरी नियन्त्रण गर्नुहुन्छ ?
जसरी मान्छेले १०-५ को काम गर्छ, त्यो समय उसले यताउति नगरिकन अफिसकै कामका बारेमा मात्र सोच्छ, गर्छ । मेरो पनि अभिनय अफिसियल काम हो । ३५-४० जनाको अगाडि काम गर्दा त्यतिखेर मैले रोमान्स गरिराछु भन्दा पनि काम हो कसरी त्यो कामलाई नेचुरल्ली गर्न सकिन्छ भन्ने कुरामा ध्यान जान्छ । मैले के गरिरा छु र मैले कहाँकहाँ छोइराछु भन्ने भावना नै आउँदैन । सिर्फ कामतिर मात्र ध्यान जान्छ ।

संसारकै सेक्सी महिला को हुन् जस्तो लाग्छ ?
त्यो त हेर्ने तरिकामा भर पर्छ । छोटो लुगा लाउँदैमा सेक्सी देखिने भन्ने हुँदैन । राम्रो पर्सनालिटी भएका संसारका कुनै पनि केटी सेक्सी देखिन सक्छ ।

महिलाको कुन भाग अथवा कुन अंग सेक्सी लाग्छ ?
कसैको हेराईमा सेक्स अपिल हुन्छ, कसैको ओठ सेक्सी हुन्छ । कसैको अनुहार त कसैको बडी स्टरुक्चर । हेर्ने नजरले पनि शरीरको जुनसुकै भाग सेक्सी हुनसक्छ ।

तपाइँलाई तपाइँको कुन भाग चाहिँ सेक्सी लाग्छ ?
म नायिका भएको हुँदा मेरा हरेक भाग सेक्सी हुनु पर्छ भन्ने मलाई लाग्छ । दर्शकले मलाई आधा होइन पूरै सेक्सी देखून् । तर समग्रमा दर्शकको धारणाले हेर्दा चाहिँ मेरो शरीर सेक्सी छ भन्छन्, त्यही हो कि ?

नेपाली चलचित्र उद्योगमा पोख्त एक्सपोजरहरु छन् ?
धेरै छन् । अहिलेका नायिकाहरु विशेष गरी ।

फिल्म लाइनमा चान्सका लागि सेक्सको प्रयोग भएको जस्तो लाग्छ ?
अँहँ, मलाई त त्यस्तो लाग्दैन । लभ भनेको चाहिँ हुनसक्छ ।

सेक्ससम्बन्धी वा सेक्सी इमेजका फिल्म बन्न थाल्यो भने तपाइँ खेल्नु हुन्छ ?
अवश्य खेल्छु, किनभने त्यहाँ म होइन, मेरो चरित्र मात्रै घुमिरहेको हुन्छ । अभिनय मेरो काम हो, तर स्टोरी राम्रो हुनुपर्छ र हरेक कुरा नेचुरल हुनुपर्छ । जबरजस्ती 'सिन' देखिनु भएन ।

भविष्यमा तपाइँले अवश्य पनि बिहे गर्नु हुँदो हो, श्रीमानका लागि भनेर के साँचेर राख्नु भएको छ ?
म नै सम्पूर्ण मेरो श्रीमानको लागि हो । सम्पूर्ण अंगप्रत्यंगसहित म मेरो श्रीमानका लागि हो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung
 
 
 
 
 
© Copyright 1997 to 2021 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.