Home» Television »Feature

एक साथ पाँच वटा

नीलबाराही फिल्म्स् कुपण्डोलले नेपाल वन टेलिभिजन च्यानलका लागि एक साथ पाँच वटा टेलिभिजन श्रृङ्खला निर्माण गर्ने भएको छ । नीलबाराही फिल्म्स् नेपाली टेलिभिजन च्यानलका लागि लोकप्रिय कार्यक्रम पस्किने निर्माण संस्थाका रुपमा परिचित हुँदै आएको बेला उसले यो घोषणा बुधबार गरेको हो ।

कार्यक्रममा उज्जु डार्लिङ, घूस पुराण, हाँस्न पाइन्न, राम्रो ! तथा रसरङ जस्ता मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्न एक वर्षका लागि नेपाल वन टेलिभिजनसँग सम्झौता भइसकेको र यी कार्यक्रममध्ये उज्जु डार्लिङको प्रसारण चाहिँ भइसकेको कार्यक्रममा बताइएको थियो ।

उज्जु डार्लिङ चर्चित हास्य कलाकार उज्ज्वल भण्डारीले सञ्चालन गर्ने एउटा हास्यप्रधान कार्यक्रम हो । जसमा नेपालका विभिन्न क्षेत्रका प्रख्यात व्यक्तिहरुलाई स्टुडियोभित्र बोलाएर तिनीहरुसँग छेडखानी गर्ने गर्दछन् । त्यस्तै घुस पुराण एउटा अफिसभित्र हुने अनेक किसिमका विकृति विसंगतिमाथि प्रहार गरी बनाइएको कार्यक्रम हो, जसलाई कमल मैनालीले निर्देशन गरेका छन् । त्यसैगरी हाँस्न पाइन्नले विभिन्न सामाजिक तथा राजनीतिक हास्यव्यङ्ग्य प्रस्तुत गर्नेछ । यो कार्यक्रमलाई गोपाल नेपाल 'फिस्टे'ले सञ्चालन गर्नेछन् । अनि, रसरङ चाहिँ रङ्गकर्म गरिरहेका विभिन्न कलाकारहरुको प्रतियोगितात्मक प्रतिभा देखाउने कार्यक्रम हो । यस कार्यक्रमका विजेतालाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने नीलबाराही फिल्म्सले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country