Home» Music »Feature

स्टार गायकको स्टार एल्बम


गायक धीरज राईलाई कसले पो नचिन्ला ! तर पनि उनी आफू अरुभन्दा पछि परिएला कि भन्ने कुरामा सधैँ गम खाइरहन्छन्, चिन्तित भइरहन्छन् । यसैको पछिल्लो कडी उनको नयाँ गीति एल्बम 'स्टार' बन्न पुगेको छ ।

गत असार १८ गते उनले एक समारोहका बीच आफ्नो नवीनतम् गीति एल्बम स्टारको विमोचन आदि पपगायक ओमविक्रम विष्टका बाहुलीबाट सम्पन्न गराए । बालक गुरुङका शब्दलाई गायक राईले गाएका मात्र छैनन्, सङ्गीत पनि आफैँले दिएका छन् । 'फ्रिडम' निस्किएको तीन वर्षपछिको उनको १७ वर्ष साङ्गीतिक दौडमा यो एघारौँ एल्बम बन्न पुगेको छ ।

कार्यक्रममा गायक राईले दुइ वर्षअघि निर्माण गरेको वृत्तचित्र 'ओमविक्रम' पनि प्रदर्शन गरिएको थियो । आफ्नो बारेमा बनाइएको वृत्तचित्र देखेर गायक विष्टका आँखामा आँसु रसाएका थिए । यतिबेला गायक विष्टले आफ्नो विगत सम्झँदै भने- "म पनि धीरजजस्तै थिएँ, नाच्दै गाउँथे ।"

गीतकार भूपाल राईले भने- "पपगायनमा धीरजको उपस्थितिले बौद्धिक वर्गमा पप गायकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । धीरजले पप क्षेत्रलाई बौद्धिक रुपबाट अघि बढाउने कोसिस गरेका छन्, जुन ज्यादै स्वागतयोग्य कुरा हो ।"

सञ्चारकर्मी भरत शाक्यले धीरजले आफ्नै मात्र सङ्गीत नगाएर अरुका सङ्गीतमा पनि गाउनु पर्ने सुझाव दिएका थिए ।

सो अवसरमा गायक राईको नयाँ गीति एल्बम स्टारको पहिलो भिडियो पनि प्रदर्शन गरिएको थियो, जसको निकै प्रशंसा भएको गायक राईले बताएका छन् ।

गायक राई भन्छन्- "म जुनसुकै चिजमा पनि प्रयोग गर्न रुचाउँछु । जस्तो कि सोइ ढोले.. गीत लोकपपमा छ, लुकीलुकी डिस्को पपमा, त्यस्तै मिस्टिरियस गःल.. टेक्नो शैलीमा छ । यसपालि चाहिँ मैले ६० देखि ७० को दशकको रक एन रोल गाना गाएर प्रयोग गर्दैछु । म एल्भिस प्रिस्लेबाट निकै प्रभावित भएको छु ।"

उनले बनाएको वृत्तचित्र ओमविक्रमको हालै अष्ट्रेलियामा निकै राम्रो प्रतिक्रिया पाएका कारण यस पटक जापान, बेलायत र हंगकंगमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक रिलिज लुकेका कुरा प्रेम र विवाह क्या बात ! गायिका कीर्तिमान तातोपीरो सङ्गीतकार कन्सर्ट रुचि उपलब्धि नेपाली तारा गीतकार भिडन्त विचार हल्ला विवाद बजारमा पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार