Home» Music »Feature

पहिलो खुड्किलोमा इन्दिरा



नेपाली तारा प्रथमकी सुन्दर अनुहार शायद अहिले धेरैले बिर्सिसके होलान् । तर ती सुन्दर मुहारकी धनी इन्दिरा जोशीले सङ्गीतलाई बिर्सिसकेकी चाहिँ छैनन् । यही कारण हो कि नेपाली तारा प्रथममा महिलातर्फप्रथम तथा उत्कृष्ट पाँचौँमा पर्न सफल भएकी इन्दिराले पनि आफ्नो गायन प्रतिभा मूल्याङ्कन गराउन 'स्टेप-वन' एल्बम बजारमा ल्याउन लागेकी छिन् । तर एल्बमका निर्माता विनोद श्रेष्ठ चाहिँ अहिले आफ्नो कम्पनीले खेल्न सक्ने भूमिका खोजिरहेका छन् ।

डोरेमी सङ्गीत पाठशाला, काठमाडौँमा सङ्गीत सिक्दासिक्दै नेपाली ताराको अडिशन शुरु भएको चाल पाएकी इन्दिराले त्यो अवसर आफ्नो हातबाट उम्कन नदिने सोचमा थिइन् । आत्मविश्वास र उनको आफ्नै कलाले पनि उनलाई क्रमशः उत्कृष्ट २०, १० हुँदै उत्कृष्ट पाँचमा पर्न सफल भइन् । उनको गलाबाट प्रभावित भएर सोही कार्यक्रममा उनले 'सर्वोत्कृष्ट आवाज' टाइटल हात पारेकी थिइन् । उनको निस्कन लागेको नयाँ एल्बमबाट उनी आफैँ र र्सवसाधारण पनि कति उत्साहित छन् भन्ने कुरा हालै म्युजिक डायरी पत्रिकाले उनलाई आवरणमै ठाउँ दिएबाट प्रष्ट हुन्छ ।

त्यसो त उनको एल्बम निस्कन चाहिँदो भन्दा ढिला भइसकेको छ । तर एल्बमका निर्माता विनोद श्रेष्ठ चाहिँ उनको एल्बम निस्कनु र नेपाली तारा २ को चर्चा चुलिनु एकै समय होस् भनेर कुरिरहेका छन् । "नेपाली तारा भाग २ को चर्चा जति चुलिन्छ, व्यवसायिक रुपमा इन्दिरालाई उति नै फाइदाजनक हुनसक्छ", विनोद बताउँछन्- "त्यसैले पनि उनको एल्बमलाई केही समय मैले रोकिरहेको हो ।"

गायन नै आफ्नो भविष्य भएको कुरामा ढुक्क रहेकी इन्दिराले शम्भुजीत बासकोटाको सङ्गीतमा चलचित्र 'दुनियाँ'मा गाउने अवसर पाइसकेकी छिन् भने उनका स्वरलाई उपयोग गरेर 'आफ्नो मन' कलेक्शन एल्बम निस्किसकेको छ । उनले निकाल्न लागेको नयाँ एल्बम स्टेप वनमा अमुल कार्की ढली, दीपक थापा, राजु सिंह, आलोकश्री आदिको सङ्गीतमा गाएकी छिन् । पर्ूर्वीय र पाश्चात्य दुवै किसिमका सङ्गीतको मिलजुल भएका कारण यसलाई सबै किसिमका श्रोताहरुले रुचाउने कुरामा उनी ढुक्क छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायिका उपलब्धि रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान प्रेम र विवाह तातोपीरो रुचि सङ्गीतकार कन्सर्ट नेपाली तारा गायक हल्ला गीतकार विचार भिडन्त पेज थ्री बजारमा ट्रयाक बाहिर
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read