Home» Television »Feature

प्रतिस्पर्धाबाट खारिएका ज्योति



चलचित्र निर्माता ज्योतिराज राईले त्यसो त नगरेको काम केही छैन । उनले अभिनय गरेका छन्, लोक गीति एल्बममा स्वर दिएका छन् । चलचित्र निर्माणमा लाग्दाताका निर्माणसँग सम्बन्धित सबैथोक गरेका छन् । त्यसैले त उनलाई भेट्नु भयो भने आत्मविश्वास र स्वाभिमानले लबालब पाउनु हुन्छ, ज्योतिराजलाई ।

आफ्नै दाजु राजकुमार राईको सिनेमा ब्यानर आरसी पिक्चर्समा निर्माण सहयोगी भएर १० वर्ष काम गरिसकेका ज्योतिले त्यो अनुभवलाई टेलिभिजनमा उतार्ने प्रयास गरेका थिए । त्यसैले दुइ वर्षअघि देशभक्त खनाललाई निर्देशक नियुक्त गरेर संस्कार श्रृंखला तयार पारे । १० भाग खिचिसकेर पनि यसलाई उनले प्रसारण गर्न सकेनन् । यसले उनलाई झट्का लाग्यो, थाहा पाए- टेलिभिजनमा राम्रो चिज तयार पारेर मात्र हुँदोरहेनछ । त्यसका लागि पहुँच पनि हुनुपर्दो रहेछ ।

टेलिश्रृंखला निर्माणको क्रममा नै उनको भेट म्युजिक प्लस कार्यक्रमका निर्मातामध्ये एक जनकदीपसँग भेट भयो । जनकसँग उनले टेलिश्रृंखलाको आकर्षण र आफ्नो असफलताको कथा साटासाट गरे । यसपछि दुवैले एउटा राम्रो श्रृंखलाको योजना तयार पारे ।

अहिले ४२ भाग प्रसारण भइसकेको दुइ थोपा आँशुमा दुवैले मिलेर काम गर्दा ढिलै भए पनि सफलता हात पारेका छन् ।

अहिले दुवैको ध्याउन्न चाहिँ टीभीमा सस्तो बेसाहाले दर्शकहरुलाई पखाला चलाउने काम भइरहेकोमा, यस्तो प्रवृत्तिलाई रोकेर स्तरीय श्रृंखला बनाउने काममा लागिरहेको उनी बताउँछन् । अहिले ४२ औँ भाग प्रसारण भइरहँदा एनटीभीमा सबैभन्दा 'रिच सिरियल' भनेर पहिचान बनाइसकेको उनको दाबी छ । उनी थप्छन्- "यसले मेकिङका हिसाबले नयाँ स्वाद दिन सफल भएको छ । यसको सङ्गीत, सम्पादन, प्रस्तुति र यसमा प्रयोग गरिएका सामग्रीले श्रृंखलामा 'रिचनेस' बढाएको छ ।"

तीन वर्षअघि गायनमा भएको रुचिलाई पनि 'क्यास' गरिसकेका छन् । पोखराको पुल नामक एल्बमलाई उनले म्युजिक नेपालबाट वितरण गरेका थिए । यसबाहेक उनले पाँच वटा म्युजिक भिडियोमा मोडलका रुपमा पनि काम गरिसकेका छन् । त्यस्तै डिजिटल एफएक्ससँगको संलग्नतामा उनले केही म्युजिक भिडियो र टीभी विज्ञापनसमेत निर्माण गरिसकेका छन् ।

उनको दुइ थोपा आँशु अहिले टेलिभिजनको रेटिङ्समा क्रमशः चढिरहेकोमा सन्तोष मान्छन् । हुन पनि उनको यो श्रृंखला शुरु हुँदा प्रख्यात निर्देशकहरुको खुशी पलभरको, अपराजिता, आरम्भ, सिलसिला, पथभ्रष्ट, सिन्दूर आदि श्रृंखला पनि दौडमा सँगै थिए । तीमध्ये अहिले पथभ्रष्ट, सिन्दूर  र दुइ थोपा आँशु मात्र प्रतिस्पर्धामा टिकिरहेका छन् ।

आफूले पहिलो टेलिश्रृंखला संस्कारबाट निकै सिकेको बताउने ज्योतिराजले भने- "टेलिश्रृंखला निर्माण ज्यादै अप्ठेरो कुरा हो । किनभने यो त सारा संसारले हेरेर कमेन्ट गर्ने कुरा हो । बनाएर मात्र नहुने, त्योभन्दा ठूलो कुरा प्रसारण गर्नु पर्ने हुन्छ र प्रसारण गरेर मात्र भएन कि दर्शकले निरन्तर रुचाएर वर्षौँसम्म चलिरहनु पर्‍यो ।"

नयाँ टीभी कार्यक्रममा यदि नयाँ किसिमको प्रस्तुति भयो भने मात्र दर्शकले रुचाउने उनको धारणा छ । गुटबन्दीलाई त्यागेर प्रतिस्पर्धात्मक कार्यक्रम निर्माण गर्दा नेपाली टेलिभिजनहरुमा मनोरञ्जनको नयाँ क्रान्ति आउने उनको धारणा छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: