कलाकारको किताब
नेपाली सिनेउद्योगमा कति कलाकार आए, गए । तिनको लेखाजोखा अहिलेसम्म भएको छैन । यम चौलागाइँले भर्खरै एउटा किताब प्रकाशित गरेका छन्, जसले नेपाली चलचित्र उद्योगमा काम गरिरहेका वा स्वर्ग सिधारिसकेका व्यक्तिहरुको योगदान र तिनको कामकारवाहीबारे जानकारी दिने प्रयास गरेका छन् ।
तीन वर्ष लगाएर मिहिनेतपूर्वक तयार भएको यस पुस्तकमा साढे तीन सय नेपाली चलचित्रकर्मीका बारेमा लेखिएको छ ।
यस पुस्तकलाई असार २७ गते बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । हेरौँ, त्यसका झलकहरु-

चलचित्र सारथीलाई विमोचन गर्दै पूर्व मन्त्री प्रदीप ज्ञवाली, नेकपा माओवादीका केन्द्रीय नेता देवेन्द्र कँडेल, कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाल, अशोक शर्मा र पुस्तक लेखक यम चौँलागाइँ

विमोचन सकिएपछि जम्मा भएका प्लास्टिकलाई थान्को लगाउँदै अशोक शर्मा, बसुन्धरा भुसाल र मदनकृष्ण श्रेष्ठ पुस्तकका बारेमा चर्चा गर्दै

पुस्तकका लेखक पुस्तकका बारेमा उपस्थित वर्गलाई जानकारी गराउँदै । यो तीन वर्ष लगाएर उनले तयार पारेका हुन् भने यो तयार पार्न उनले कति पापड बेल्नु पर्यो बताउन भुलेनन् ।

कार्यक्रम शुरु हुँदै गर्दा कार्यक्रमस्थलमा आइपुगेका चलचित्र निर्देशक दिनेश कार्की । उनको पहिलो ठूलो पर्दाको चलचित्र अहंकार सेन्सर बोर्डले सेन्सर पास गर्न अस्वीकार गरेको थियो । तर दवाव सिर्जना भएपछि वयस्कका लागि मात्र भनी चलचित्र रिलिज भएको छ । उनका अनुसार उनको चलचित्रले तराइमा ठीकै व्यापार गरेको छ ।


सङ्गीतकार महेश खड्का, गीतकार तथा पत्रकार दयाराम पाण्डे, पछाडिको भागमा छायाँकार गौरीशङ्कर धुँजु तथा पत्रकार प्रदीप निरौला ।

यो पुस्तक तयार पार्न हौसला बढाउने चलचित्रकर्मी तथा प्रेसका सञ्चालक वसन्त श्रेष्ठलाई पुस्तक लेखकले सम्मान व्यक्त गरे । सम्मानपत्र पढेर सुनाउँदै निर्माता संघका महासचिव केशव भट्टराई ।

प्रेसका तर्फबाट सम्मान पत्र ग्रहण गर्दै एक व्यक्ति ।

पूर्वमन्त्री प्रदीप ज्ञवाली आफू उपस्थित भएको कार्यक्रम र उद्देश्यलाई पढ्दै ।

कार्यक्रम लामो भएपछि बस्दाबस्दै थाके दर्शकहरु । चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, उज्ज्वल घिमिरे, नरेश पौडेल आदि ।

रमाइली दिदी लक्ष्मी गिरीले लेखकलाई यति धेरै लेख्ने कुरा दिइछन् कि लेखक नै दङ्ग !

कार्यक्रम धेरै लामो भएपछि कार्यक्रम स्थलबाट बाहिरिएर सङ्गीतकार महेश खड्का र अभिनेता वीरेन श्रेष्ठले केहीबेर मीठो वार्तालाप गरे ।

गायिका मीरा राणा र कलाकार किरण केसी

मेरो हँसाइ अभिनेताजस्तो छैन त कमरेड ?: शायद यस्तै केही भन्दै नेकपा एमालेका नेता प्रदीप ज्ञवाली तथा माओवादीका देवेन्द्र कँडेल ।

हिँडडुल गर्ने इन्साइक्लोपेडियाः चलचित्रकर्मी प्रकाश सायमी पुस्तकका बारेमा आफ्ना धारणा राख्दै । छेवैमा पुस्तकका लेखक ।

कार्यक्रमस्थलमा कसैलाई कुर्दै चलचित्र अभिनेता रवि गिरी

ढिलो भएजस्तो छ, हगि ?: चलचित्र कलाकार तथा निर्देशक सुभाष गजुरेल हतार हतार कार्यक्रम स्थलमा आइपुग्दै ।

सुमन दाहाल (चलचित्रका सहायक निर्देशक), बीचमा सुरज चन्द (नायिका पूजा चन्दका पूर्व पति) तथा अर्का सहायक निर्देशक वैजु एक आपसमा छलफल गर्दै । |