Home» Cinema »Feature

तराइका लागि राहत

तराइमा मच्चिएको आन्दोलनमा घाइते हुनेहरुका लागि सरकारका तर्फाट केही राहत उपलब्ध हुन नसकेपछि कलाकार हरिवंश आचार्यले तराइका घाइतेहरुका लागि उपचार कोषको घोषणा गरेका छन् ।

उक्त उपचार कोषका लागि अहिले तत्काललाई 25 लाख रुपियाँबाट शुरु गरिएको छ । यो रकम जनआन्दोलन घाइते उपचार कोषका लागि उठाइएको रकमबाट छुट्याइएको हो ।

'मधेसको आन्दोलन नेपालकै आन्दोलन हो,' हरिवंश आचार्यले आइतबार रकम सहयोगको घोषणासंगै भने- 'सदीयौंदेखि दबाएर राखिएको समूहले आवाज उठाउँदा सबैले सुन्नुपर्छ, कन्ज्युस्याइँ गर्नु हुन्न ।'

उनले काठमाडौं, वीरगन्ज, जनकपुर, लहान, विराटनगरका अस्पतालमा समिति बनाई घाइतेका कुरुवालाई मानवीय सहयोग उपलब्ध गराउने बताए । कर्फ्यु नभए चाँडै मधेस जाने महजोडीको योजना रहेको बताए ।

गएको चैत-बैशाखमा चलेको जनआन्दोलन भाग २ मा आन्दोलनकारीहरु घाइते हुन थालेपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्नो गोजीबाट एक लाख रुपियाँ प्रदान गरी शुरु भएको यो अभियानमा दुइ करोड ५५ लाखभन्दा बढी रकम जम्मा भएको थियो ।

यसअघि नै उक्त उपचार कोषबाट उठेको रकममध्ये एक करोड ३२ लाख रुपियाँ खर्च भइसकेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेता क्या बात ! फिल्म फेस्टिबल नवीनता ग्ल्यामर कन्ट्रोभर्सी निर्देशक पार्टी पेज 3 रोचक रोमान्स अभिनेत्री सोच सञ्चारकर्मी कार्यक्रम घोषणा सेक्स प्रविधि
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा