Home» Music »Feature

विधान श्रेष्ठको गीत प्रतिबन्धित !



नेपाल सरकारले यस वर्षदेखि नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गतेको दिन राष्ट्रिय एकता दिवस नमनाउने निर्णय गरेको छ ।

उसो भए नेपाली सङ्गीत उद्योगलाई के असर पर्‍यो त ? भन्ने सोच्नु हुन्छ भने विधान श्रेष्ठको गीत सम्झनुस् । उनले तीन वर्षअघि बजारमा ल्याएको 'एकता नै बल हो' गीतमा "हाम्रा बडा पृथ्वी बाले भनेका...एकता नै बल हो..." गीत अहिले सञ्चार माध्यममा बज्न ठप्प भएको छ ।

राजनीतिक रुपमा भन्ने हो भने विधान श्रेष्ठ न त काँग्रेस हुन्, न त कम्युनिष्ट । उनको त्यो गीत पनि उनका बुवा विजय श्रेष्ठले धेरै अघि सिर्जेका थिए । गीतको भाव उनलाई ज्यादै चित्त बुझेका कारण उनले यो गीत तीन वर्षअघि रेकर्ड गराएका थिए । गीतको भाव सङ्गीत उत्पादक मास्टर रेकर्डिङलाई पनि यति चित्त बुझेको थियो, कि हत्तपत्त भिडियो नबनाउने कम्पनीले पनि भिडियो बनाएर यो एल्बमलाई राम्रै चर्चा बटुल्ने अवसर दिलाएको थियो ।

तर पृथ्वी जयन्ती नमनाउने सरकारी निर्णय सँगै उनको गीत रेडियो र टेलिभिजनहरुमा अकस्मात बन्द हुनु आश्चर्यको कुरा बन्न पुगेको छ ।

त्यसो त नेपाली मिडियामा अनुहार हेरेर गीत बजाउने/नबजाउने चलन उति नयाँ होइन । एकताका "हामी पनि माछी मारौँ कालापानीमा..." गीतलाई च्यानल नेपालले बिना तुक प्रतिबन्धित तुल्याएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक हल्ला विचार उपलब्धि कीर्तिमान गीतकार बजारमा क्या बात ! लुकेका कुरा समुद्रपार सङ्गीतकार रिलिज परिस्थिति ट्रयाक बाहिर नेपाली तारा गायिका अवार्ड कन्सर्ट प्रेम र विवाह तातोपीरो
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: