Home» Music »Feature

चितवनमा र्‍यापरहरुको हुङ्कार



देशको मध्यभाग चितवनमा नेपाली र्‍याप गायकहरुले अनधिकृत नक्कली सिडी तथा क्यासेट उत्पादन तथा विक्री वितरणका विरुद्ध हुङ्कार गरेका छन् । तिनले शनिबार नेपाली सर्जकका क्यासेट तथा सीडी अनधिकृत रुपमा नक्कल नगर्न र अनधिकृत विक्री वितरण गरिरहेका कामलाई खराब हो भन्ने जानकारी दिन चितवनको पुलचोकदेखि चौबीसकोठीसम्म र्‍याली निकालेका थिए ।

कार्यक्रममा नवीन के. भट्टराई, प्रनील एल. तिमल्सेना, उदेश श्रेष्ठलगायत विभिन्न र्‍याप गायकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई त्रिशुल इभेन्ट म्यानेजमेन्टले व्यवस्थापना गरेको थियो ।

यसअघि शुक्रबार नेपाली र्‍याप गायकहरुको सामूहिक संस्था फोरम अफ र्‍यापर्स कम्युनिटी एण्ड इन्भायरोमेन्ट (फोर्स) ले आफ्नो नामलाई र्सार्वजनिकीकरण गरेको थियो । उक्त कार्यक्रममा पप गायक नवीन के. भट्टराई तथा कालिका एफएमका प्रबन्ध निर्देशक विक्रम पाण्डेले संयुक्त रुपमा फोर्सको नाम तथा लोगोलाई र्सार्वजनिक गरेका थिए ।

शनिबार साँझ देशका चर्चित डीजेहरुले चितवनबासीहरुलाई मनोरञ्जन दिलाउन डान्स पार्टीमा साथ दिएका थिए । जसमा मुख्यतया डीजे सन्तोष, डीजे युवालगायत अरु तीन जना डीजेहरुले डान्स
पार्टीको रौनक बढाएका थिए ।








 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
बजारमा रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,