डान्सपार्टीको मज्जा !
मापाको गर्मीमा चितवनबासीहरुलाई राहत दिन शनिबार त्रिशुल इभेन्ट्सले एउटा डान्स पार्टीको आयोजना गर्यो । होटल ग्लोबलको पौडीपोखरी छेउ आयोजना गरिएको यस डान्स पार्टीमा डीजे सन्तोष, डीजे युवा, डीजे प्रिज्मलगायत अन्य डीजेहरुले उपस्थित नृत्यप्रेमीहरुलाई नेपाली, अंग्रेजी तथा हिन्दी गीतमा मच्ची मच्ची नचाउन सफल भएका थिए ।
समर अफ २००७ ग्राइण्ड डान्स पार्टी नाम दिइएको यस किसिमको पार्टी चितवनको इतिहासमा पहिलो पटक भएको उपस्थित दर्शकहरुले इनशाडटकमलाई बताएका थिए ।
कार्यक्रममा गायकहरु नवीन के. भट्टराई, प्रनील एल. तिमल्सिना, नेप्साइडज, म्याडजोन, ज्वाला, सामी, शरद, हाकिम, विश्व आदि पप तथा र्याप गायकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उदेश श्रेष्ठ, सुमन श्रेष्ठ, लसता जोशी आदिले पनि रमाइलो मानेर नाचे ।
डान्स पार्टीको कारण रमाइलो गर्नेहरुले पौडी पोखरीमा झ्वाम्म हाम्फाल्नेहरुको पनि कमी थिएन ।
डान्स पार्टीको आयोजक त्रिशुल इभेन्ट्सका निराजन भण्डारीले कार्यक्रम अत्यन्त सफल भएकोमा सन्तोष व्यक्त गरे, भने- "आर्थिक रुपमा हामीलाई घाटा भए पनि चितवनको इतिहासमा पहिलो पटक यस्तो कार्यक्रम गर्न पाएकोमा हामी अत्यन्त खुशी छौँ र शायद भविष्यका दिनमा यस्ता वृहद् डान्स पार्टीको आयोजना हामी गरिरहने छौँ ।" उनले डान्स पार्टीको शोभा बढाइदिन चर्चित गायकहरु आइपुगेकोमा उनले धन्यवाद पनि ज्ञापन गरे ।


















|