Home» Music »Feature

विक्रमको फड्को

चितवन वरपर समाजसेवी विक्रम पाण्डेलाई कसले पो नचिन्ला ! अझ चितवनका लाखौँ श्रोताले सुन्ने कालिका एफएमका प्रबन्ध सञ्चालक भनेपछि त नचिन्ने कुरै भएन । यी समाजसेवीले अहिले यस्तो घोषणा गरेका छन्, जसका कारण रेडियो चलाउने र सुन्ने स्रोताहरु छक्क परेका छन् । उनले अहिले कालिका एफएमसँगै ९१ एफएम चलाउने घोषणा गरेका छन् । यो एफएमले २४ सै घण्टा सङ्गीत मात्र बजाउने बताइएको छ ।

किन त नयाँ च्यानलको आवश्यकता - "सबैभन्दा लोकप्रिय च्यानल भएका कारण कालिका एफएममा सङ्गीत बजाउने समय ज्यादै थोरै भयो भनी गाउँगाउँबाट गुनासा आएका कारण हामीले यो च्यानल थप्नु परेको हो", कालिका एफएमका प्रबन्ध निर्देशक पाण्डे भन्छन्- "हामीले गाउँगाउँका ती आवाजविहीनहरुको आवाज सुनेर यो निर्णय गरेका हौँ ।"

यो रेडियोको परीक्षण प्रसारण मंगलबार साउन १ बाट शुरु भइसकेको छ । शुरुका १५/२० दिन १८ घण्टा प्रसारण हुने भए पनि पछि २४ सै घण्टा यो एफएम प्रसारण हुने पाण्डे बताउँछन् । उनका अनुसार चितवन क्षेत्र राजमार्गको क्षेत्र भएका कारण यहाँ चौबीसै घण्टा मान्छेको चहलपहल र आउजाउ भइरहन्छ । यस्तो बेला चितवन वरपर प्रवेश गर्नेबित्तिकै चौबीसै घण्टा रेडियोमा राम्राराम्रा गीतसङ्गीत सुन्न पाउँदा श्रोताहरुको मन प्रफुल्ल हुने उनको दाबी छ ।

प्रबन्ध निर्देशक पाण्डेका अनुसार यो रेडियोमा विज्ञापन नबजाउने नीति लिइएको छ । जसका कारण श्रोताहरुले बिनाकुनै अवरोध पूरा गीत सुन्न पाउने छन् ।

"यस किसिमको रेडियो नेपालमा त पहिलो हुँदै हो, विश्वमा पनि कम छन् भन्ने सुनेको छु । बेलायतमा त एउटै मात्र रहेछ !" पाण्डे गर्व गर्छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
ट्रयाक बाहिर लुकेका कुरा क्या बात ! रिलिज गायिका कीर्तिमान तातोपीरो प्रेम र विवाह रुचि कन्सर्ट सङ्गीतकार नेपाली तारा उपलब्धि गायक हल्ला भिडन्त गीतकार विचार पेज थ्री बजारमा
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह