Home» City Life »Updates

अपिलको हिंसामाथि अपिल



जुँघाका रेखीले बल्ल बाक्लो आकार ग्रहण गर्दैछन्, तर सिनेमाबाट डकुमेन्ट्रीतिर आकर्षित अपिल बिष्टको डकुमेन्ट्री निर्माणको अनुभव सुन्नु भयो भने जुँघा बाक्लिएकाले पनि जिब्रो टोक्नेछन् ।

प्रसङ्ग उनले भर्खरै निर्माण तथा निर्देशन गरेको डकुमेन्ट्री १३,३४६ हो । माओवादी आन्दोलनको १२ वर्षमा भएका मृत्यु, त्यसको सामाजिक प्रभाव र समाजमा अहिलेको परिणामका विषयमा गम्भीर विश्लेषण गरेका छन् ।

२२ वर्षीय अपिलको सिनेमा रुचि चाहिँ १६ वर्षको उमेरदेखि नै थियो । यही रुचि पूरा गर्न उनले राजधानीका अधिकांश नृत्य, अभिनयशाला धाए । त्यति मात्र होइन, नेपाल इन्स्टिच्यूट अफ फिल्म एण्ड टेलिभिजनबाट उनले सिनेमा निर्माणको तालिम पनि लिए । यही क्रममा उनले चलचित्र निर्देशक मनोज पण्डितसँग भेटे । यो बेला पण्डित 'लक्ष्य' निर्माणमा व्यस्त थिए ।

अपिलले लक्ष्यमा सहायक निर्देशक भएर काम गरे । ती अनुभव उनका लागि ऊर्जा रहे र त्यही ऊर्जा प्रयोग गरी उनले तीन वर्षअघि १३,३४६ निर्माण गर्ने सोचेका थिए । आज तीन वर्षको कठिन परिश्रमपछि यो डकुमेन्ट्री तयार भएको छ । "अब मलाई रोल्पाका केही दृश्य र माओवादी अध्यक्ष प्रचण्डका केही मिनेटको अन्तरवार्ता चाहिएको छ", निर्भिक अपिल भन्छन्- "त्यसपछि ओठ निचोरे दूध आउँछ भनेर व्यङ्ग्य गर्नेहरुका लागि मैले राम्रै पाठ पढाउने डकुमेन्ट्री पस्किने छु ।"

हुन पनि उनको हिम्मत चाहिँ कस्तोसम्म छ भने अबका तीन महिनाभित्रमा उनले यो डकुमेन्ट्रीलाई नेपाल अधिराज्यभरि व्यवसायिक प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । "जसले मेरो तीन वर्षको खर्चसमेत उठाउनेछ", व्यवसायिक प्रदर्शनको सफलताप्रति ढुक्क अपिल भन्छन्- "त्यसपछिका दिनका लागि मैले तीन वटा चलचित्रको पटकथा पनि तयार गरिसकेको छु । डकुमेन्ट्री हेरिसकेपछि शायद मलाई मेरो सिनेमाका लागि लगानीकर्ता पाउन गाह्रो हुने छैन ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
माओवादी समलिङगी मोबाईल पेट्रोल सेलेब्रिटी हल्ला awards संविधानसभा crisis celebrity अनुभव festival streets hi-life events
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema,