Home» Music »Feature

भानुभक्तलाई सम्झँदा



आदिकवि भानुभक्त आचार्य जन्मिएको घर ढलेर यो बर्खामा सखाप भएको समाचारसँगै केही दिनअघि राजधानीमा उनको एक कृतिलाई सार्वजनिक गरियो ।

भानुभक्तीय रामायणलाई म्युजिक नेपालले एमपीथ्री फरम्याटमा बजारमा ल्याएको छ । यसलाई इन्टरनेटमा पनि सुन्न सकिने छ ।

कार्यक्रममा साहित्यकार कमलमणि दीक्षितले भन्नुभयो, "समयसँगै हामीले हाम्रा साहित्यलाई 'अपडेट' गर्दै लैजानु पर्छ । नत्र पछि परिन्छ ।" उहाँले समयसँगै हिँड्न सकेको खण्डमा हाम्रा सिर्जनाको आयु लम्बिने बताउनु भएको थियो । उहाँले हरेक स्कूलमा नेपालका आदिकविको रामायणको कम्तीमा एक श्लोक राम्रोसँग गाउन सिकाउनु पर्ने प्रस्ताव पनि राख्नु भएको थियो ।

सोही कार्यक्रममा रोचक थापाद्वारा लिखित पुस्तक लोकनाच संक्षिप्त अध्ययन नामक पुस्तक पनि सार्वजनिक गरिएको थियो । थापाले आफ्नो यो सानो प्रयास भएको र भविष्यका दिनमा यस्ता कृति अझै प्रकाशन गर्दै जाने बताउनु भएको थियो ।

















 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद बजारमा
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television,