Home» Around the World »Weird and Interesting

छोरीको चासो गर्दा श्रीमती पक्राउ !



इजरायली एक व्यक्तिले आफ्नी छोरीले कुनै आफ्नो लोग्ने छाडी अर्कै केटा साथी बनाएकी छे कि छैन भनी चियो गर्न एउटा जासूसलाई नियुक्त गरेका थिए । तर ती जासूसले उनलाई सोच्दै नसोचेको सूचना दिएर चकित पारिदिएका छन् ।

ती निजी जासूसले छोरीले लोग्ने छाडेको नभई उनकी श्रीमतीले चाहिँ बरु अर्कै केटासँग रोमान्स गर्ने गरेको सूचना उपलब्ध गराएका छन् ।

ती व्यक्तिका ज्वाइँले आफ्ना ससुरालाई उनकी छोरी आफूप्रति इमान्दार नभएको गुनासो गरेका थिए । के वास्तवमा आफ्नी छोरी ज्वाइँप्रति साँच्चिकै 'अनफेथफूल' छे त भन्ने जिज्ञासा शान्त पार्दा उनले आफ्नै श्रीमती आफूप्रति 'अनफेथफूल' रहेको पत्ता लगाएका हुन् ।

मारिभ दैनिकका अनुसार ती जासूसले छोरीलाई पछ्याउने क्रममा छोरीकी आमा र उनको केटा साथीको रासलीलाको फोटो खिच्न भ्याएका थिए ।

"मैले मेरी छोरीको वैवाहिक जीवन त बचाएँ तर मैले मेरी श्रीमतीको जीवनमा अर्को केटा रहेको थाहा पाउँदा म छाँगाबाट खसेझैँ भएको छु", पीडित श्रीमानले अखबारलाई भने- "अब ऊसँग पक्कै पारपाचुके गर्छु होला !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
श्रीमानश्रीमती हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: