Home» Around the World »Weird and Interesting

पापा हेमिङ्वेजस्तै



साहित्यमा नोबेल पुरस्कार विजेता अमेरिकी लेखक अर्नेष्ट हेमिङ्वेको सम्झनामा हरेक वर्ष आयोजना हुने हेमिङ्वे लुक-अलाइक् प्रतियोगितामा एक इन्स्योरेन्स कम्पनीका एजेन्टले यो प्रतियोगिता जितेका छन् ।

अमेरिकाको फ्लोरिडास्थित पाम हार्बर निवासी ल्यारी अस्टिन नामक यी ६४ वषर्ीयले १० औँ पटकमा बल्ल यस पटक जित्न सकेका हुन् । गएको शनिबार उनले पापा हेमिङ्वे उपाधि हात पारेका हुन् ।

जित हासिलपछि अस्टिनले भने- "तर पापाजस्तो मलाई माछा मार्न चाहिँ आउँदैन ।" र्सटसँगै क्याप र पहेँलो रंगको फिसिङ सट लगाएका अस्टिनले जोक गर्दै भने- "म पनि लेख्न खूप मन पराउँछु । मैले लेखेको उपन्यास 'सिग्नर्ेचर्स अन लाइफ इन्स्योरेन्स एप्स' चाहिँ उनको जस्तो गतिलो हुने छैन । यो मैले लेखेर मै पढ्नका लागि बनाइएको हो ।"

जुलाई २१ तारिखका दिन हेमिङ्वे जयन्ती मनाउने गरिन्छ । सेतो झ्वाम्म दाह्री पाल्ने यी लेखक १०८ वर्षघि इलिनोसमा जन्मिएका थिए । यो महोत्सव गएको आइतबार सकिएको थियो ।

हेमिङ्वेलाई उनको लेखनको उत्कृष्टताका लागि १९५४ मा नोबेल पुरस्कारबाट पुरस्कृत गरिएको थियो, जसले जीवनको अधिकांश समय कीवेस्टमा बिताएका थिए ।

यता ५४ वर्षा अस्ट्रेलियाली ग्राहम बुच गुडफेलोले भने- "मैले प्रतियोगिता नजितेर के भो, तर हामी अष्ट्रेलियाली र हेमिङ्गेबीच ज्यादै समानता छ । उनी संर्घष्ा रुचाउँथे, प्रेम गर्न र पिउन खप्पिस थिए अनि उनी खत्रा शिकारी थिए । हामी पनि त्यस्तै छौँ ।"

जीवनमै पहिलो पटक पापा हेमिङ्वे प्रतिस्पर्धामा भाग लिन आएका फ्लोरिडास्थित शालिमार निवासी फिल ब्लुमरले जजहरुलाई केही बिस्कुट र कुकिज उपहारमा दिएका थिए । उनी उत्कृष्ट २५ सम्म पर्न सफल भएका थिए । "पाँच वर्षम्म लगातार यदि कोही यसमा भाग लिँदैन, तबसम्म जित्ने कुनै सम्भावना छैन भनी मलाई जजहरुले जानकारी गराए", फिल ब्लुमरले भने ।

सोही प्रतियोगितामा लस एञ्जलस क्यालिफोर्नियाका ब्रुस ओभरबाईले लोरियन हेमिङ्वे छोटो कथा प्रतियोगितामा 'बुकमार्क्स्' बाट उत्कृष्ट छानिएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! सेलेब्रिटी हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: