Home» Music »Feature

छिन्नलता पुरस्कार २५ वर्षमा



स्व. रमोलादेवी शाहको संरक्षकत्वमा स्थापना भएको छिन्नलता गीत पुरस्कार गुठीले बिहीबार आफ्नो स्थापनाको २५ औँ वर्ष मनायो । यही अवसरमा यस वर्षगीतरचनातर्फ कञ्चन पुडासैनी, सङ्गीततर्फ रत्नबहादुर, गायनतर्फ लोचन भट्टराई र छिन्नलता प्रतिभा पुरस्कार दीपक लिम्बुलाई प्रदान गरिएको छ ।

सबै पुरस्कृत व्यक्तित्वलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले सम्मान तथा पत्र प्रदान गर्नु भएको थियो । रमाइलो के थियो भने कविवर घिमिरेले पुरस्कृतहरुसँग मज्जाले हात मिलाई पत्रकारहरुलाई फोटो खिच्न प्रशस्त समय दिनु भएको थियो ।

छिन्नलता गीत पुरस्कार गुठीको रजत जयन्ती वर्ष परेका हुनाले यसअघि सम्मानित भइसकेका कवि, कलाकारहरुलाई पनि यस पटक विशेष सम्झना गरिएको थियो । अहिलेसम्म सम्मानित भइसकेका सबैलाई मायाको चिनो प्रदान गरिएको थियो ।

१९८० सालमा जन्मिएकी छिन्नलता उपनामबाट गीत रचना गर्ने रमोलादेवीको २०५७ मा देहावशान भएको थियो । उनकै पहलमा २०३९ सालमा गुठी स्थापना गरी गुठीको आम्दानीले हरेक वर्षगीति क्षेत्रमा योगदान पुर्‍याउनेहरुमध्ये सबैभन्दा योग्यव्यक्तिलाई पुरस्कृत गर्ने चलन छ ।

२५ वर्षो अवधिमा सङ्गीतसँग सम्बद्ध १०६ जना व्यक्तित्वलाई यस संस्थाले सम्मानित गरिसकेको छ ।

पुरस्कृत कञ्चन पुडासैनीका पाँच कविता संग्रह, दुइ खण्डकाव्य र दुइ वटा निबन्ध संग्रह प्रकाशित छन् भने उनका १५ वटा गीतहरु नारायणगोपालका पुस्तादेखि अहिलेसम्मका पुस्ताले गाएका छन् । उनको सबैभन्दा सशक्त परिचय भनेको प्रत्यागमन खण्डकाव्यका लागि उनले २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

यसैगरी कार्यक्रममा सङ्गीतकार रत्नबहादुर खड्गी पनि पुरस्कृत भएका थिए । खड्गी २०१० सालदेखि रेडियो नेपालमा हालसम्म कार्यरत छन् भने उनका वेदनाका छालहरु, शीखा, अभिप्सा, संघारमा पर्खिबसेँ, भरोसा, वाचा, सीमा, आविष्कार र सारांशजस्ता गीति एल्बममा सङ्गीत प्रकाशित छन् ।

लोचन भट्टराई त पुरस्कृत हुनेमध्ये सबैभन्दा चर्चित व्यक्तित्व हुन् नै । २०२० जेठ २८ गते धरानमा जन्मिएकी लोचनका माइती देश, स्वर, श्रृति, लोचन भट्टराई पाटन दरबारमा, जीवनको उत्तरदायित्व, सुनगाभा आदि एल्बम प्रकाशित छन् । त्यस्तै छन्द, दिव्य चेतना, तारा नउदाएको आकाश, तरुण तपसी र कञ्चन पुडासैनीका कविता एल्बम बजारमा आएका छन् ।

पुरस्कृत हुने अर्का प्रतिभा थिए, दीपक लिम्बु । खासगरी प्रथम नेपाली ताराका रुपमा परिचित दीपक पछिल्लो समय चलचित्र गायनमा लोकप्रिय नाम बनिसकेको छ । २०४० भदौ १७ मा जन्मिएका दीपकले अहिलेसम्म एक सय गीत गाइसकेका छन् ।








 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अवार्ड रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,