Home» Cinema »Feature

हिम्मती रेखा

साहित्यकार अशेष मल्लसँग नायिका रेखा थापाबारे एउटा अनुभव छ । ६ वर्षघि मिस नेपाल प्रतियोगितामा न्यायाधीश रहेका साहित्यकार मल्लले नायिका थापालाई प्रश्नको झटारो हाने, "भविष्यमा के गर्ने योजना छ ?" प्रश्न फुत्किन पाएको थिएन, रेखाको उत्तर थियो- "म चलचित्रकी नायिका बन्छु र नाम कमाउँछु ।"

नभन्दै पाँच वर्षो चलचित्र करिअरमा रेखा थापा सबैभन्दा व्यस्त नायिका मात्र भएकी छैनन्, सबैभन्दा छोटो समयमा सबैभन्दा धेरै चलचित्र खेल्ने अनौपचारिक रेकर्ड समेत बनाएकी छिन् । केही दिनअघि मात्र पचासौँ चलचित्रको रुपमा प्रदीप श्रेष्ठको 'च्याम्पियन'मा सुटिङ शुरु गरिसकेकी रेखा आफैँ पनि यो सफलताबाट छक्क छिन् ।

पहिलो चलचित्र 'हिरो' (२०५७) पछि लामो समयसम्म उनी कुनै पनि चलचित्र निर्माताको नजरमा परिनन् । तर अशोक शर्माको 'मितिनी' (२०५९) पछि उनको भाग्य चम्कियो । त्यसयता उनले पछाडि हेर्नु परेको छैन । कतिसम्म भने उद्योगका भित्रियाहरु उनले सबैभन्दा लोकप्रिय नायिका निरुता सिंहलाई समेत उछिनेको चर्चा गर्न थालेका छन् ।

अहिलेसम्म दश वटा चलचित्र मात्र प्रदर्शन भए पनि उनको अभिनयका पारखीहरु अबको दश वर्षउनले इण्डष्ट्रीमा 'राज' गर्ने अनुमान गर्छन् । तर स्वयम् रेखा भने उद्योगमा आफ्नो दह्रो उपस्थितिका लागि भविष्यका लागि समेत सोचिसकेकी छिन्, आफ्नै नाममा चलचित्र निर्माण संस्था स्थापना गरेर ।

"नायिकाको आयु छोटो हुन्छ तर र्सजक र कलाकार पछिसम्म बाँच्छन्", पत्याउनै गाह्रो लाग्ने उनको उत्तर आउँछ- "जुन उद्योगले मलाई नाम र दाम दिलायो एक समयपछि त्यो उद्योगलाई फर्काउनु पर्छ । त्यसैले मेरो भविष्य चलचित्र निर्माण र निर्देशन नै हो ।"

उनको ब्यानरमा निर्माण भएको पहिलो चलचित्र 'अजम्बरी नाता'ले राजधानीमा राम्रै पैसा बटुलिसकेको छ भने राजधानीबाहिर उनको दोस्रो चलचित्र 'हिम्मत'ले सबैलाई जिल्याउने सफलता कमाइसकेको छ ।

उनको आत्मविश्वास देख्दा यस्तो लाग्छ, उनी हाडछालाले बनेकी होइनन्- "जब मैले मिस नेपालमा भाग लिएँ, यसपछि मसँग त्यस्ता धेरै बाटा र अवसरहरु थिए, जसबाट एउटी महिलाले आनन्दसँग जीवन बिताउन सक्छे । म नामकी लालची यसैमा भविष्य देखेँ- बाउआमाको डाक्टर बनाउने सपनालाई लत्याएर, आफ्नै एयर होस्टेस बन्ने विकल्प छाडेर ।"

समयअघि नै चलचित्र निर्माता छवि ओझासँग विवाह बन्धनमा बाँधिएकी रेखा श्रीमान्का बलले भन्दा पनि प्रतिभा र क्षमताका बलले उद्योगमा टिकेको बताउँछिन्, भन्छिन्- "धेरै जना सोच्छन्, बाटाबाट टिपेर बनाइएकी नायिका हुँ । कुनै पनि पेशामा सफल हुन त्यसप्रतिको लगन, मिहिनेत र गहिर्राई बुझ्न जरुरी हुन्छ ।" त्यसैले पनि उनी चलचित्रमा 'बार डान्सर'को भूमिका गर्न लुकीछिपी डान्स रेष्टुराँ जान्छिन्, त्यहाँको क्रियाकलाप हेर्छिन् । त्यसैले अरुको कामभन्दा उनलाई रुचाइन थालेको उनको दाबी छ ।

रेखा आफू महिला हुनुमा गर्व गर्छिन् । उनलाई केटाले हेपेको मन पराउँदिनन्, "हामी उनीहरु भन्दा कम छैनौँ । हो, 'बायोलजीकल्ली' हामी फरक छौँ तर महिलाभन्दा पहिले हामी मानिस हौँ", त्यसैले पुरुषहरुले गर्ने हरेक कठिन कामका लागि उद्योगमा उनी चिनिएकी छिन् ।

उनले निर्माण गरेको दोस्रो चलचित्र 'हिम्मत' अहिलेकी नारीको प्रतिविम्व हो । उनी आफूजस्तै नवनारीहरु पुरुषहरुको हेपाहा प्रवृत्तिको शिकार नहुन् भन्ने चलचित्रमार्फ् पनि प्रस्तुत गर्ने प्रयास गरेकी छिन् । "अहिलेका युवतीहरु भ्रमित छन्", उनको स्पष्ट धारणा छ- "उनीहरु पश्चिमी पहिरन लगाउँछन्, पश्चिमे जीवनशैली अँगाल्छन् तर त्यसभित्रको गहिर्राई थाहा पाइरहेका छैनन् ।" अझ स्पष्ट पार्दै उनी थप्छिन्- "यूरोप अमेरिकातिर १८ वर्षपुगेकी युवती बाउआमाको भार बन्दिन । आफ्नो फेशन र जीवनपद्धतिका लागि आवश्यक सबै चिजको जोहो आफैँ कमाएर गर्छे तर नेपाली युवतीहरु विकृतिहरु जति सबै प्रयोग गर्छन्, अनि त्यसका राम्रा पक्ष चाहिँ अँगाल्न चाहदैनन् ।" उनको 'हिम्मत' चलचित्र पनि यही विषयमा केन्द्रित छ ।

उनी यही चाहिन्छिन् कि नेपाली नारीहरु १८ वर्षपुगिसकेपछि घरको भार नबनून् र आफ्नो जीवनको निर्णय गर्ने अधिकार आफैले पाऊन् । "यसको अर्थ यो कदापि होइन, नेपाली नारीहरु भाँडियून्", भनाइमा शतर्कता पनि उनी थप्छिन् ।

शायद आजकी नेपाली नारी यस्तै हुँदी हो, जो पुरुषसँग काँधमा काँध मिलाएर प्रतिस्पर्धा गर्छे तर आफ्नो संस्कार र संस्कृति पनि सँगै बोकिरहेकी हुन्छे ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री रोचक क्या बात ! कन्ट्रोभर्सी फिल्म फेस्टिबल सोच निर्देशक घोषणा ग्ल्यामर नवीनता पेज 3 अभिनेता पार्टी कार्यक्रम रोमान्स सेक्स सञ्चारकर्मी प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group