Home» Television »Feature

नर्तकलाई अवसर



अब तयार हुनुहोस्, अर्को रियालिटी शोका लागि । गायन प्रतिभाको खोजी कार्यक्रम नेपाली ताराको लोकप्रियतासँगै त्यस्तै किसिमको नृत्य प्रतिभा खोजी कार्यक्रम नेपाल टेलिभिजनको दोस्रो च्यानल मेट्रोमा आउने भएको छ ।

"धेरै जसो कार्यक्रमहरु या त गायकहरु या त सेलिब्रिटीहरुलाई हेरेर निर्माण गरिन्छन् तर नृत्यकारहरुलाई लिएर कसैले पनि सोचेन", कार्यक्रमका निर्देशक प्रशन्न पौडेल भन्छन्- "तिनीहरुको जीवनस्तर बढाउन र उनीहरुको प्रतिभा बाहिर ल्याउन यो कार्यक्रमको सोच तयार भएको हो ।"

अहिले मध्यमाञ्चल क्षेत्रका नृत्य प्रतिभाहरुको अडिसन लिन आवेदन आहृवान गरिएको छ । सहभागी जति धेरै भयो, उति धेरै प्रतिस्पर्धा हुने हुनाले धेरैभन्दा धेरै सहभागीको आशा पौडेलले गरेका छन्, भन्छन्- "यो अडिसनबाट उत्कृष्ट ३२ जना छानिने छ ।"

हरेक विकास क्षेत्रबाट यसरी उत्कृष्ट ३२ हुँदै उत्कृट नृत्यकारहरुको छनोटका कारण कार्यक्रम लगातार साढे दर्ुइ वर्षम्म जम्न सक्ने उनको आशा छ । तीमध्ये उत्कृष्ट एक जनालाई भारी पुरस्कार रकम दिइनेछ । यो रकमले उसको जीवनस्तर मात्र उक्सिने होइन कि त्यसपछि उसले नृत्यमा नै अझै धेरै गर्न सक्ने सम्भावनाको बाटो खुल्ने निर्देशक पौडेलको छ ।

"डान्सरहरुको सम्भावना अरुको भन्दा धेरै छ", आफैँ पनि राम्रा नृत्यकार प्रशन्नले इनशाडटकमसँग भने- "गायकले बरु गाउन मात्र सक्छ, अभिनेताले बरु नाच्न नसक्ला तर एउटा सम्भावना नृत्यकारले राम्रो गाउन पनि सक्छ र राम्रो अभिनयसमेत गर्न सक्छ ।" यही क्षमतालाई उजागर गर्ने एउटा महत्वपर्ूण्ा कार्यक्रम हुनसक्ने उनको आशा छ ।

टेलिभिजनहरुको भीडमा एनटीभी २ ले के नयाँ काम गर्ने भन्ने सोच पलाएपछि यो कार्यक्रमको डिजाइन भएको हो । "यसमा एनटीभी २ का नयाँ महाप्रबन्धक श्रीवत्स राणाको ठूलो योगदान छ", प्रशन्न आफ्नो धन्यवादज्ञापन गर्न बिर्सदैनन् ।

कार्यक्रमका लागि न्यायाधीशका लागि पुराना नृत्य निर्देशकमध्ये विमला श्रेष्ठ र नयाँबाट भुवन श्रेष्ठ छानिइसकेका छन् । "हरेक श्रृंखलामा अर्का एक नयाँ जज पनि थपिने छन्", प्रशन्न प्रशन्नतापर्ूवक बताउँछन्- "यसले कार्यक्रममा विशुद्ध न्याय गर्न मद्दत गर्ला भन्ने हामीलाई लागेको छ ।"

यति धेरै सोचिसकेपछि त कार्यक्रम पक्कै पनि गतिलो बन्दो हो ! बधाई छ, यो टिमलाई !!

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country