Home» Cinema »Feature

पोखराका कर्मवीर


धेरैले केशबहादुर गुरुङको नाम नसुनेका होलान् तर यसमा उनलाई कुनै गुनासो छैन । किनभने उनले नामका लागि भन्दा पनि सन्तुष्टीका लागि वर्षौंदेखि सञ्चार क्षेत्रमा काम गरिरहेका छन् ।

२०४९ सालमा कलाकार हुन राजधानी काठमाडौँमा आइपुगेका उनले मिथिला शर्माका नृत्य सहपाठी पनि भएर काम गरिसकेको अनुभवलाई सन् १९९७ देखि लगातार २००४ सम्म सानो पर्दाको चलचित्र बनाएर उपयोग गरे । यो उपयोगिताले नै उनलाई गण्डक क्षेत्रमा केशबहादुर गुरुङका रुपमा चर्चित बनयो । मूलतः उनी प्रख्यात गुरुङ भाषाका चलचित्रका निर्माताका रुपमा परिचित छन् । कुहिरोभित्र, एउटा घरको व्यथा होइन, मातृभूमिको माया तथा पतझडजस्ता चलचित्र बनाइसकेका गुरुङलाई सिनेमामा छिरौँला भनेर कहिल्यै सोचेका थिएनन् ।

रहरैरहरमा क्यामेरासँग खेलिरहने केशबहादुरलाई त्यतिबेला भिडियोप्रति मोह बस्यो, जब उनले २०५५ सालमा स्याङ्जाको बाहाकोट गाविसमा विरक्तलाग्दो पहिरो गयो । त्यस पहिरोमा पूरै गाउँ छोपिएको थियो र सयौँ ज्यूँदै पुरिएका थिए ।

यो दृश्यलाई उनले आफ्नो रहरे क्यामेराले कैद गरेका थिए । तर ती कैद भएका दृश्य नै उनलाई भिडियो मेकिङका लागि प्रेरक प्रसङ्ग बन्न पुग्यो ।

भर्खरै जापानबाट फर्किएका केशले यो वृत्तचित्रलाई आफ्ना साथीभाइमाझ प्रदर्शन गरेर तीन लाख ९९ हजार रुपियाँ उठाए । त्यो उठेको रकम पहिरोपीडित व्यक्तिहरुलाई सहयोग गर्न भ्याए ।

मातृभूमि र खासगरी पोखराको सौन्दर्यबाट विमुग्ध केशले विगत तीन वर्षयता च्यानल नेपालमार्फत् नमस्ते पोखरा कार्यक्रम सञ्चालन गरिरहेका छन् । आफ्नै पैसा लगानी गरेर पोखरा चिनाउन उनले गरेको प्रयासलाई नेपाल पर्यटन बोर्डदेखि थुप्रै सामाजिक संघसंस्थाले उनलाई सम्मानित पनि गरिसकेका छन् ।

उनकै क्षमताका कारण अहिले उनलाई बेलायतको नेपाली टेलिभिजन च्यानल ग्यालेक्सी टीभीले एक महिने सद्भावना भ्रमणका लागि निमन्त्रण गरेको छ । उनी अगस्तको पहिलो साता उनी बेलायत पुगी ग्यालेक्सी टेलिभिजनलाई सघाउने छन् ।

के उनी अब बेलायतै बसाइँ सर्दै छन् त ? "होइन होइन, यो उमेरसम्म त विदेश जानेबारे सोचिएन भने अब सोचेर के गर्नु -" आफ्नो जन्मभूम्रि्रतिको भावना उनी पोख्दै भन्छन्- "ग्यालेक्सीलाई त्यहाँ स्थापित गर्न सके, त्यहाँका नेपालीले पनि शीर ठाडो पारेर आफ्नो भाषा, कला र संस्कृति जोगाउन सक्ने थिए ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country