Home» Around the World »Weird and Interesting

नाङ्गी पेरिसभन्दा ब्रिट्नी खतरनाक !



इन्टरनेटमा नाङ्गी पेरिस हिल्टन या अरु कोही खोज्दै हुनुहुन्छ ? त्यसो भए त ठीकै छ तर नाङ्गी ब्रिट्नी स्पेयर खोजिरहनु भएको भए चाहिँ तपाइँ खतरामा पर्न सक्नु हुन्छ !

हालै गरिएको एक अध्ययनअनुसार इन्टरनेटमा खोजिने पेरिस र ब्रिट्नीका नाङ्गा फोटामध्ये अधिकांशले फोटोसँगै खतरनाक भाइरस पनि पठाउन थालेको देखिएको छ । ती साइटले पस्किने लोभलाग्दा फोटासँगै भाइरसले थुप्रै पीसी (पर्सनल कम्प्युटर) धरापमा परेको बताइएको छ ।

यो अध्ययन हालै म्याकफी नामक भाइरस निर्मूल गर्ने सफ्टवेयरले आयोजन गरेको थियो । दर्ुइ हजार तीन सय सबैभन्दा बढी लोकप्रिय खोजिगरिने शब्दमा आधारित अध्ययनमा भाइरसको प्रकोप ज्यादा रहेको र त्यसमा पनि ब्रिट्नीको नाममा अनेक भाइरसहरु विभिन्न इन्टरनेट साइटमा रहेको बताइएको छ ।

त्यसो त केटी होम र टम क्रुजको नाममा लोभ्याउनेहरुको पनि कमी देखिएन । इअनलाइनका अनुसार यस्ता भाइरसवाला साइटहरु जसले नाङ्गा फोटाको लोभ देखाउँछन्, तिनले चाहिने सूचना र फोटा चाहिँ उपलब्ध गराउने गरेका छैनन् । कतिसम्म भने ती साइटले अझै पनि ब्राड पिट र जेनिफर एनिस्टनका सूचनाभन्दा माथि अपडेट गर्दैनन् । ब्राड पिट र एन्जोलिनाले तहल्का मच्चाइसक्दा पनि सूचना चाहिँ जेनिफरकै बारेमा ती भाइरसवालाहरुले राखेको पाइएको अध्ययनले बताएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
सेलेब्रिटी हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: