Home» Music »Feature

राष्ट्रगानमा अम्बरको सङ्गीत



तीन दिनअघि मात्र आस्था कला केन्द्रले नेपालका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको नेपाली सङ्गीतमाथिको योगदानलाई लिएर सम्मानित गरेको थियो । त्यसको तीन दिनपछि नेपाल सरकारले उनको सङ्गीतलाई नेपालको राष्ट्र धुनका रुपमा स्वीकृत गरेको छ ।

शुक्रबार बेलुकादेखि यो राष्ट्रगानलाई नेपालको राष्ट्रगानको रुपमा स्वीकृत गरी बजाउन शुरु गरिएको छ ।

बुधबार नेपाल सरकारले उनले सिर्जना गरेको धुनलाई ब्याकुल माइलाको गीतमा सुहाउँदो मानी राष्ट्र धुनको रुपमा स्वीकृत गरेको हो ।

विभिन्न १४ वटा धुन एउटै गीतका लागि तयार पारेका सङ्गीतकार गुरुङले यी सिर्जनालाई साउन ४ संस्कृति मन्त्रालयका सचिव माधवप्रसाद घिमिरेमार्फ् नेपाल सरकारलाई बुझाइएको थियो ।

यो गीतका लागि २० जना गायकगायिकाले स्वर भरेका छन् भने गीत 'जी माइनर' कर्डमा बनाइएको अम्बर गुरुङले कान्तिपुर दैनिकसँग बताएका छन् ।

यसअघि नेपाली सेना र अर्का सङ्गीतकार न्ह्यु वज्राचार्यले समेत गीति धुन तयार पार्ने कुरा बजारमा आएको थियो । कान्तिपुरका अनुसार नेपाली सेना र वज्राचार्यका गीत पनि मन्त्री परिषद्को बैठकमा सुनाइएको थियो ।

मन्त्री परिषद्को बैठकबाट राष्ट्रधुनका सङ्गीतकार गुरुङ खुशी हुने त भइहाले, गीतकार व्याकुल माइला पनि कम्ता खुशी छैनन् । इनशाडटकमसँग उनले भने- "धेरै दिन पछि हलुङ्गो महसूस भइरहेको छ ।"

यता केही दिनअघि अम्बर गुरुङलाई आस्था कला केन्द्र, ग्ल्यामर प्लस म्यागेजिन र स्कीम कलेजले संयुक्त रुपमा सम्मानित गरेका छन् ।

हरेक वर्ष आयोजन हुने यस सम्मान कार्यक्रममा यसअघिका वर्षहरुमा क्रमशः रनजीत गजमेर, वसन्तजङ्ग रायमाझी, फत्तेमान राजभण्डारी तथा नृत्यकार मृगेन्द्रमान सिंह प्रधानलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा गायक हेमन्त शर्मा, सिन्धु मल्ल, सबिना कार्की, देविका बन्दना, कन्काइष्ट राई, आगन्तुक खरेल आदि कलाकारले गाएका उत्कृष्ट गायक प्रस्तुत गरेका थिए भने आस्था कला केन्द्रका प्रशिक्षार्थीहरुले विभिन्न १० नृत्य प्रस्तुत गरेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
सङ्गीतकार उपलब्धि रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान रुचि तातोपीरो प्रेम र विवाह गायिका नेपाली तारा कन्सर्ट हल्ला ट्रयाक बाहिर भिडन्त गीतकार पेज थ्री समुद्रपार अवार्ड गायक
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,