Home» Music »Feature

ठाडो भाकाबारे बहस

यदि तपाइँलाई बहस भन्ने बित्तिकै 'बोरिङ कुराकानी' लाग्छ भने राजधानीमा शुक्रबार आयोजित एउटा कार्यक्रममा घुस्नु पर्थ्र्यो । त्यहाँ नेपालमा लोप हुन लागेको लोकगीति विधाका बारेमा चर्चा हुँदैथियो तर त्यो बोरिङ छलफल चाहिँ थिएन ।

जिनेक्स्ट इन्टरटेन्मेन्टद्वारा आयोजित तथा ठाडो भाकाको डीभीडीका बारेमा छलफल कार्यक्रममा गायक बुद्धिमान दुरा 'धम्पु'ले यो गीतिविधा लोपोन्मुख हुँदै गएकोमा दुःख व्यक्त मात्र गरेनन्, यस डीभीडीको बिक्रीबाट आएको रकमको ५० प्रतिशत रकम तराईमा बाढीपहिरोबाट पीडित तराईबासीहरुको राहतका लागि प्रदान गर्ने घोषणा समेत उक्त कार्यक्रममा गरे ।

कार्यक्रममा लोक गीतिविधाका अन्वेषणकर्ता कृष्ण गुरुङले ठाडो भाका नेपालका सबै दोहोरीहरुको जन्मदाता भएको बताए ।

त्यसैगरी ठाडो भाका डीभीडीका निर्देशक तथा परम्परा फिल्म्स् पोखराका केश गुरुङले एउटा कुना पसेको गायकलाई बाहिर ल्याउन निकै मिहिनेत गर्नु परेको बताए । उनले भने- "बुद्धिमान जति प्रतिभाशाली हुनुहुन्छ, त्यति नै लजालु पनि । त्यसैले उहाँको यो कलालाई बाहिर ल्याउन धेरै पटक मैले क्यामेरा लुकाएर उहाँका गायन क्रियाकलाप खिचेको छु । एक दिन उहाँले लुकेर खिचिएका भिडियो हेरेपछि 'म त ठीकै गाउँदो रहेछु' भन्ने लाग्यो र उहाँ अहिले बाहिर आउन राजी हुनु भएको हो ।"

कार्यक्रममा जीनेक्स्ट इन्टरटेन्मेन्टका प्रमुख कार्यकारी निर्देशक रवि गिरीले यस्ता प्रतिभाशाली व्यक्तित्वलाई प्रकाशमा ल्याउन आफूले सानो भूमिका खेल्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
उपलब्धि रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान गायिका प्रेम र विवाह तातोपीरो रुचि सङ्गीतकार कन्सर्ट नेपाली तारा गायक हल्ला गीतकार विचार भिडन्त पेज थ्री बजारमा ट्रयाक बाहिर
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,