Home» Around the World »Weird and Interesting

जागीर खुस्काउने वेबसाइट



वेबसाइट हेर्न प्रतिबन्धित तुल्याएका केही घटना त नेपालमा घटेकै हुन् तर आफूले जागीर खाने अफिसको 'बोस'को आलोचना गर्दै वेबसाइटमा अनेक थोक लेख्ने जागीरेको जागीर चट हुन पुगेको छ ।

२० वर्षीय टम बीच आर्गोस कम्पनीमा काम गर्थे । उनलाई केही दिनयता काम गर्ने जाँगर चलिरहेको थिएन । जागीरबाट दिक्क लागेको एक दिन उनले फेसबुक वेबसाइट खोले र त्यहाँ लेखे- "म आर्गोस्मा काम गर्छु । अब म त्यहाँको जागीर एक रत्ति पनि सहन सक्तिन किनभने यो साँच्चिकै 'पाजी' अफिस छ ।"

यसपछि रोचक के भयो भने त्यो म्यासेज राखिएको आधा घण्टामा नै उनका बोसले म्यासेज हेर्न भ्याएछन् । अनि उनलाई खबर पठाए कि त्यो म्यासेजले उनको माथा गरम गराइदियो । उनले त्यसलाई हटाइदिए बेस हुने थियो । त्यतिञ्जेलसम्म उनको त्यो म्यासेज तीन जनाले मात्र हेर्न भ्याएका थिए ।

सन पत्रिकाका अनुसार त्यसपछि प्रति घण्टा ७ पाउण्डको जागीर खाइरहेका टमलाई उनको बोसले जागीरबाटै बर्खास्त गरिदिए ।

उनलाई जागीरबाट निकाल्नुमा 'उपयुक्त व्यवहार नगरिएको' आरोप लगाइएको थियो ।

"यति सानो कुरामा मलाई निकालियो कि त्यसको कुनै जवाफै छैन", टमले पछि पत्रिकासँग कुरा गर्दै भने- "त्यो दिन मलाई साँच्चिकै रिस उठेको थियो । दिनभर काम गरेको थिएँ र मलाई ज्यादै कम तलब दिइएको थियो । यस्तो हुँदा कस्लाई पो रिस नउठ्ला !"

"यस्तो अवस्थामा मैले फेसबुक भेट्टाएँ । गल्ती मेरै हो कि त्यो म्यासेजलाई मैले सबैले देखून् भन्ने चाहेँ । मेरो फस्ट्रेशन किन अरुले थाहा पाउनु पर्दथ्यो र !", उनले बताए- "म यस्तो स्थितिमा थिएँ कि मेरो रिस आफ्नै साथीलाई पनि पोख्न सक्ने थिइनँ । त्यसैले फेसबुक एउटा असल साथी बनेको थियो । तर त्यो पनि हानीकारक साथी बन्यो ।"

अब टम अर्को तयारीमा जुटेका छन् र सबै साथीहरुलाई त्यो सूचनाका कारण आफूले आर्गोस्को जागीरबाट हात धुनु परेको कुरा लेख्ने छन् ।

यता आर्गोसका प्रवक्ताले पनि उनको जागीर खोसुवामा परेको स्वीकार गरेको छ । प्रवक्ताले भने- "टमले हाम्रो कम्पनीको बेइज्जत इन्टरनेटमार्फत् गरेको छ । यो हाम्रा लागि सह्य कुरा हुँदै होइन ।"

इन्टरनेट साथी हुन्छ भन्ने सुनिएको त थियो, तर जागीर खोसुवा दुस्मन पनि बन्न सक्तोरहेछ !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति प्रविधि हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता इन्टरनेट उपाय बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: