Home» Around the World »Weird and Interesting

परेवा बने समस्या



हलिउडका बासिन्दाका लागि त्यहाँका परेवा टाउको दुखाइको विषय बनेका छन् । त्यहाँ परेवाको संख्या यति बढेर आएको छ कि जे गर्दा पनि परेवासँग ठोक्किनु त साधारण कुरा भयो, परेवाको विष्ठ्याईका कारण उनीहरु परेशान भएका हुन् ।

एपी समाचार संस्थाका अनुसार यो समस्यालाई उनीहरुले समाधान गर्ने दीर्घकालीन उपाय रचेका छन् । तिनले भाले परेवाहरुको बन्ध्याकरण गरिदिने भएका छन् ।

"मलाई लाग्छ, हामीले खराब अवस्थाको ज्यादै असल समाधान निकालेका छौँ" आरजील सिभिक एशोसिएशनकी लाउरा डोडसनले भनिन्- "तिनको 'आची'लाई समाधान गर्ने उपाय यिनलाई बन्ध्याकरण गर्नु नै हो ।"

यो अभियानलाई उनीहरु ओभोकन्ट्रोल पाइलट प्रोग्राम नामाकरण गरेका छन् । यस्तो किसिमको अभियान देशमै पहिलो भएको उनको विश्वास छ । त्यसो त यो अभियानका बारेमा पिपल अफ दि इथिकल टि्रटमेन्ट अफ एनिमल्स -पेटा) र हृयुमन सोसाइटी अफ द युनाइटेड स्टेट्सजस्ता संस्थाहरुले गहिरो अभिरुचि देखाएका छन् । यिनको बन्ध्याकरण गर्नुभन्दा पनि उनीहरुले घरघरमा विद्युतीय ढोका राख्नेलगायतका अन्य अवस्था विचार गर्ने हो कि भन्ने आशय पनि नराखेका होइनन् ।

५ हजारभन्दा बढी परेवालाई एकै ठाउँमा भेला गराएर २५ पाउण्ड (साढे ११ किलो) भन्दा बढी खानेकुरा खुवाउने बर्ड लेडी नामले चिनिएकी महिलामाथि पनि परेवाको संख्या बढेकोमा आरोप लगाइएको छ । उनले हलिउडका विभिन्न २९ ठाउँमा हरेक दिन ११ किलोभन्दा बढी सामग्री खुवाउने गरेकी छिन् ।

यो कार्यक्रमको सफलता वा विफलता एक वर्षभत्रै पत्ता लाग्ने कुरामा कार्यक्रम सञ्चालकहरु ढुक्क छन् । आउँदो २०१२ सम्ममा हलिउडका परेवाहरुको संख्या उल्लेख्य घट्ने कुरामा डडसन ढुक्क छिन् । 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति जनावर हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: