Home» Music »Feature

शिशिरको साङ्गीतिक वसन्त



नाम उनको शिशिर तर उनको स्वर सुन्नु भयो भने जस्तोसुकै शिशिर याममा पनि वसन्त ल्याउन सक्ने खुबी ! आइतबार उनै शिशिरको वसन्त ल्याउने खुबीका बारेमा चर्चा गरियो । प्रसङ्ग थियो, गायक शिशिर बाङ्देलको पहिलो एल्बम 'सम्झिरहन्छु' ।

नाम चाहिँ उनले सही राखेका रहेछन् । उनीसँगै गायन सिकेका कतिपय 'कलिग'हरु नामी गायक बनिसके । उनले पनि एल्बम निकाल्न नखोजेका होइनन् तर 'सही समय' कुरिरहेका थिए । तर कुन बेला सही समय कुर्दाकुर्दै ढिला भइसकेछ उनैलाई पत्तो भएन ।

तर तराईमूलमा एउटा उखान छ नि- देर से आयब, दुरुस्त आयब । त्यस्तै लाग्छ, शिशिर बाङ्देलका स्वरलहरी सुन्दै जाँदा । सान्तना रेकर्ड्सले बजारमा ल्याएको उनको गीति एल्बम सम्झिरहन्छुमा नौ गीत रहेका छन् । जसका अधिकांश गीत, सङ्गीत गायक स्वयंकै छन् । उनीबाहेक एल्बममा राकेश खालिङ, राजकुमार थापा, विवेक निरौला, जे. पापी तथा विप्लव प्रतीकका गीतलाई राकेश खालिङ, भगत राई र सुवर्ण लिम्बुले सङ्गीत दिएका छन् ।

एल्बमको अनुहार हेर्दा तपाइँलाई यो पप वा हिपहप एल्बम लाग्न सक्छ तर धोकामा नपर्नुस्, यो विशुद्ध आधुनिक गीति सौगात हो । उनले आइतबार आफूलाई सङ्गीत सिकाउने गुरु प्रभु ढकाल र गीतकार विप्लव ढकाललाई प्रमुख अतिथि बनाई यो एल्बमको विमोचन गराएका थिए ।

कार्यक्रममा उनले आफ्नो एल्बमको म्युजिक भिडियोसमेत प्रदर्शन गरेका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
बजारमा रिलिज गायक क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,