Home» Music »Feature

प्रमोदको सेन्टिमेन्ट्स


डाक्टर बनेर एउटा सम्मानजनक व्यक्ति बन्छु भन्ने सोचेका प्रमोद खरेललाई मूलतः डाक्टरको सेतो गाउन निकै रुच्थ्यो । तर बीएस्सी सक्दानसक्दै डाक्टर बन्ने उनको सपना विस्तारै धूमिल हुँदै गयो । बरु त्यसको ठाउँमा नयाँ सपना उनले सजाउन शुरु गरे- सङ्गीतको डाक्टर बन्ने !

उनको स्वरलाई साथीभाइले प्रशंसा गर्न थालेपछि उनी सङ्गीततिर ढल्किन थालेका थिए । सङ्गीतमै केही गर्ने उद्देश्यले उनले ५/६ वर्ष शास्त्रीय सङ्गीतका धुरन्धर गुरु गुरुदेव कामतसँग सङ्गीत पनि सिके ।

आफूभन्दा कम क्षमता भएका जुनियरहरु पनि भटाभट एल्बम निकाल्ने र भटाभट हिट हुने आफ्नै आँखाले देखेपछि उनलाई पनि एल्बम निकाल्ने रहर चल्यो । त्यसैले लागे, गीत रेकर्ड गर्नतिर । गीत रेकर्ड हुँदै गर्दा उनको क्षमताका कायल सुरताल म्युजिक प्रा.लि.का सञ्चालक श्रीकृष्ण भट्टराईले उनको पहिलो एल्बम 'प्राप्ति' बजारमा ल्याए ।

गीत जति मीठा थिए, उनको जति मिहिनेत थियो, भिडियो जति रुचिकर बन्यो- त्यति एल्बमको बिक्री भएन । केहीले उनलाई भने, उनको गीत लोकआधुनिक शैलीका भएर चलेन । कसैले के भने, कसैले के ।

तर उनलाई आफ्नो गायन क्षमता देखाउनु थियो, त्यसैले बनाए पप एल्बम । 'सेन्टिमेन्ट्स'लाई सोमबार एक कार्यक्रमका बीच विमोचन गरियो । उक्त अवसरमा एउटा म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो ।

विमोचनबाट ज्यादै प्रशन्न देखिएका प्रमोदले इनशाडटकमसँग भने- "यो एल्बमले मेरो भर्सटालिटी देखाउँछ भन्ने कुरामा म विश्वस्त छु ।" तथास्तू !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
बजारमा रिलिज गायक लुकेका कुरा क्या बात ! कीर्तिमान गायिका प्रेम र विवाह तातोपीरो रुचि सङ्गीतकार कन्सर्ट नेपाली तारा उपलब्धि हल्ला गीतकार विचार भिडन्त पेज थ्री ट्रयाक बाहिर
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,