Home» Around the World »Weird and Interesting

इमान्दार घोडा


कुकुरलाई मात्र सबैभन्दा बढी इमान्दार जनावरको पगरी गुथाउने ? स्कटल्याण्डको एउटा घोडालाई देख्दा यस्तो लाग्छ, अब घोडाहरुले यो 'टाइटल' हत्याउलान् !

एनानोभा एजेन्सीका अनुसार स्कटल्याण्डकी एउटी किसान महिलालाई बचाउन उनको घोडाले गाईसँग कुस्ती खेल्न पुगेकी छे ।

फियोना बोयड, ४०, लाई लाग्यो कि अब मेरो ज्यानको खैरियत छैन । किनभने कुन्नी के कारणले उनकै आफ्नो गाई उनीसँग यत्ति क्रूद्ध भई कि उनलाई सिङले उत्तानो चित पारिदिई ।

केरी नामक घोडीले यो देखेपछि दौडेर आएर गाईलाई लात हानी । केरीको लातले गाई रन्थनिँदै त्यहाँबाट कुलेलम ठोक्न पुगी ।

द स्कट्सम्यान पत्रिकालाई पछि फियोनाले भनिन्- "मलाई रत्तिभर पनि शंका छैन, मलाई केरी (उनको घोडा) ले नै मलाई बचाएकी हो । यदि ऊ छेउमै चर्दै नरहेकी भए, म मारिने थिएँ ।"

दर्ुइ सन्तानकी आमा फियोना घरमा त्यसबेला एक्लै थिइन् । दक्षिण-पश्चिमी स्कटल्याण्डस्थित च्यापम्यानटनस्थित उनको घरमा रहेका बाछोले आमा खोजेर चिच्याउन थालेपछि उनले त्यो बाछोलाई गाईसँगै राख्न खोजिन् । तर बाछोले के ठान्यो कुन्नी, बेस्सरी मर्न लागेझैँ चिच्याउन पो थाल्यो ! त्यो चिच्याई सुनेर गाई आमा बेस्सरी हुर्रिएर फियोनासँग कुस्ती खेल्न पुगी ।

यो हनाई एक पटक मात्र भए पनि फियोनालाई केही थिएन, उठ्थिन् र गाईलाई शायद सराप्तिन् होला । तर उठ्ने मौका नदिई नै लछारपछार पार्न थालेपछि उनको इमान्दार घोडीले सहन सकिनँ । उनलाई सबैभन्दा अचम्म के लाग्यो भने घोडाले मारसँग अगाडिको लातले गाईलाई चार पाँच पटक हानी ।

घटना लगत्तै उनका श्रीमान् म्याट,४४, आइपुगे र उनलाई अस्पताल पुर्‍याए ।

उनले पत्रिकासँग भनिन्- "सामान्यतः गाई शान्त प्राणी हो । तर कहिलेकाहीँ यो पनि यति हिंस्रक हुँदोरहेछ भन्ने मलाई पहिलो चोटी थाहा भयो । तर क्यै छैन, यदि तपाइँसँग केरीजस्ती घोडी घरमै छे भने तपाइँ यस्तो आपतबाट पनि बच्न सक्नु हुँदोरहेछ !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदारता जनावर हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: