Home» Music »Feature

तराई आन्दोलनः सङ्गीत उद्योग धरमर

तराईमा चलेको सशस्त्र र शस्त्रहीन राजनीतिक आन्दोलनका कारण तराईका जिल्लामा सङ्गीतको बिक्री निकै घटेको छ । राजधानी केन्द्रित सङ्गीत वितरकहरुका अनुसार तराईमा जारी हिंस्रक आन्दोलनका कारण र पटक-पटकको बन्दले पूर्वी नेपालको सङ्गीत ठप्प भएको छ ।

यसबेला कर्ण दासको गीति एल्बम 'प्रीत' बजारमा गएको छ । तर तराईमा जारी बन्दका कारण यो एल्बमले पाउनुपर्ने चर्चा पाउन नसकेको स्वयम् एल्बम वितरक सम्झना अडियो भिडियोका सचिन श्रेष्ठले बताएका छन् ।

यता तराई केन्द्रित आन्दोलनले एल्बमको बिक्री घटेको तर्क प्रति आफ्नो विमति राख्ने मास्टर रेकर्डिङका रमेश मित्तल चाहिँ चन्द्रनिगाहपुरदेखि कोशी ब्यारेजसम्म नेपाली एल्बमको बजार हिजो पनि थिएन र आज पनि छैन भन्छन् । तर बन्दका कारण महेन्द्र राजमार्ग हुँदै नेपालका पूर्वी भेगमा जाने गीति एल्बमहरु भने अहिले जान पाएका छैनन् ।

"केही समयअघि हामीले बजारमा पुर्‍याएको कर्मा ब्याण्डको एल्बम यस्तै बन्दका कारण बीचैमा अड्कियो । गायक अघिअघि एल्बम पछिपछि भएका कारण गायन समूह र कम्पनीबीच कटुता उत्पन्न भयो", सम्झना अडियो भिडियोका प्रबन्धक सचिनको भनाई छ- "आश्चर्यजनक ढङ्गले एल्बमको बिक्री घटेको छ । जसको प्रत्यक्ष असर गायक र कम्पनीबीच कटुता उत्पन्न भइरहेको छ ।"

राजधानीमा दुइ दर्जन एफएम स्टेशनको लगातार सङ्गीतवाचन र राजधानीबाहिर लगातारको बन्दका कारण एल्बमको बिक्रीमा उल्लेख्य कमी आएको उनीहरुको धारणा छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
ट्रयाक बाहिर रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान रुचि तातोपीरो प्रेम र विवाह गायिका नेपाली तारा सङ्गीतकार कन्सर्ट उपलब्धि हल्ला भिडन्त गीतकार पेज थ्री समुद्रपार अवार्ड गायक
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,