Home» Cinema »Feature

उत्साहित निर्माता


मतिनाया कली, उच्चारण गर्न अप्ठेरो भयो ? ठीकै छ, अप्ठेरो हुनु स्वभाविक हो किनभने यो नेपाली होइन, नेवारी भाषा हो । यही दुइ शब्दको चलचित्र बनाएका निर्माता र निर्देशकहरु अहिले यो चलचित्रको चौतर्फी प्रशंसाबाट मुग्ध हुँदै अर्को चलचित्रको तयारीमा जुटेका छन् ।

गएको शनिबार उपत्यकाको गुण सिनेमा भवनमा यो चलचित्रको प्रथम प्रदर्शन गरिएको थियो । नेवारी चलचित्र भएका कारण यो सिनेमामा दर्शक पक्कै कम हुनुपर्छ भनेर सानो हलतिर लागेका केही दर्शक जिल्लिन पुगे । किनभने यो गुण सिनेमा 'क'मा प्रदर्शनी राखिएको थियो । त्यतिबेला केही दर्शक झन् अचम्ममा परे, जब ठूलो हलको १५ सयभन्दा बढी सिट खचाखच भरिएको थियो र केही त सिट नपुगेर भुइँमै बस्न पुगेका थिए ।

"हामीले ९० हजारभन्दा बढी त यो च्यारिटी शोबाट नै उठायौँ", चलचित्रका निर्माता यादव सिलवालले भने- "तर यो पैसा हामीले हाम्रा लागि होइन, एउटा संस्थाको सहयोगार्थ सिनेमा प्रदर्शन गरेका थियौँ ।"

च्यारिटी शोमा तर चलचित्रका नायक/नायिका, निर्माता/निर्देशक सबैका घरबाट पनि चलचित्र हेर्न आइपुगेका थिए । आफ्नी बहिनी प्रमुख भूमिकामा भएकाले त्यही दिनका लागि भनेर गायिका लसता जोशी चितवनबाट हौसला बढाउन आइपुगेकी थिइन् । "ऊ एउटी राम्रो कलाकार हो", बहिनीको अभिनयमा मख्ख परेकी लसताले बहिनी भिन्तुनालाई देखाउँदै भनिन्- "उसले म्युजिक भिडियोमा सिकेका धेरै कुराहरु सिनेमामा देखाइछ । मलाई त मन पर्‍यो !" लसता मख्ख पर्दै हाँसिन् ।

चलचित्रका निर्देशक सुरेश वज्राचार्य पनि चलचित्र आफूले सोचेजस्तै बनाउन सकेकोमा सन्तुष्ट देखिएका थिए, इनशाडटकमसँग भने- "यो कम्तीमा ५०/६० वर्षअघिको घटना हो, जुन नेवारी समाजमा घट्दै पनि आइरहेको थियो । यस्तो अवस्थामा मैले आधुनिक घरहरु देखाउनु हुने थिएन र त्यो सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सन्तुष्ट छु ।"

हुन पनि उनले खिचेका दृश्यमा आधुनिकताले छपक्क छोपेको काठमाडौँलाई पुरातन काठमाडौँ बनाइदिएका छन् । तापनि उनी सम्पूर्ण रुपमा सफल आफूलाई मान्न तयार छैनन्, भन्छन्- "अब एउटा नेपाली भाषामा गज्जबको सिनेमा नबनाई मेरो सिनेमाप्रतिको मोह कम हुनेवाला छैन ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रिलिज अभिनेता हल्ला सेक्स प्रविधि सेलेब्रिटी समारोह सुटिङ अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,