पसलबाटै ४५ सुगा गायब !

एक हजार डलरभन्दा बढी मूल्यका सुँगाहरु सुँगा पसलबाटै गायब भएपछि प्रहरीलाई गुहारिएको छ ।
रोयर्टस समाचारका अनुसार, चोरले पसलको पछिल्लो भागको झ्याल तोडेर 'प्यारोट्स् अफ द वर्ल्ड' नामक पसलका ४५ सुँगालाई बिहान ४ बजेदेखि ६ बजेसम्म मङ्गलबार चोरिएको थियो ।
चोरिएका सुँगाहरुको मूल्य करिब ५८ हजार अमेरिकी डलर पर्न आउने नासाउ काउन्टी पुलिसले जनाएको छ । प्रहरी आफैँ अचम्ममा परेका छन् कि कसरी चोरले चोरी गर्न सफल भयो - किनभने जुन ठाउँमा, जसरी चोरिएको छ, त्यो शैली बिल्कूलै नयाँ भएको प्रहरीहरुले जनाएका छन् ।
पसलका मालिक मार्क मोरोनले भने- "यो पक्कै पनि चिनेजानेकै व्यक्तिले चोरेको हुनु पर्छ । किनभने उसलाई र्सर्भिलेन्स क्यामेराहरु कहाँकहाँ जडित छन्, कसरी पिंजडाहरुलाई झ्यालमा बनाइएको दुलाबाट फुत्काउने आदि कामहरु ज्यादै मज्जाले गरिएको छ ।" उनले यो घटना तब पत्ता लगाएका थिए जब ती सुँगामध्ये उनको मनपर्ने सुँगाका लागि मेवा काटेर खुवाउन निस्केका थिए । "तर मेरो प्यारो सुँगा पिँजडामा थिएन", उनको भनाई थियो ।
यता प्रहरीहरु चाहिँ सुँगा चोरलाई भुइँपाताल खोजिगरिरहेको प्रहरीको भनाइ छ । |