Home» Around the World »Weird and Interesting

६ वर्षसम्म आँखामा सिसा

२२ वर्षीय जिआओ झुको आँखाबाट हरबखत आँशु आइरहन्थ्यो । यो क्रम केही दिनयताको मात्र होइन, विगत ६ वर्षको नियमितता थियो । एउटा ग्याङ फाइटमा उनको आँखामा चोट लागेपछि आँखाको अप्रेसन त गरियो तर अप्रेसन सकिएपछि आँखाबाट आँशु आउने क्रम भने रोकिएन ।

उनलाई यो आँशु कुनै अर्कै कारणले आएको होला भन्ने लागिरहेको थियो । तर केही साताअघि उनले डाक्टरलाई आफ्नो आँखा दुख्न थालेपछि जँचाए । डाक्टरहरुले खासै समस्या नभएको भनी फर्काइदिए । तर आँखा दुख्न कम भएन । उनले अर्कै अस्पतालमा आफ्नो आँखा पुनः जँचाए । यस पटक भने डाक्टरहरुले उनको आँखाभित्र सिसाको टुक्रा अड्किएको बताएर चकित बनाइदिए ।

६ वर्षअघि भएको ग्याङ फाइटमा बियरको सिसा टुक्रिएर उनको आँखाभित्र छिरेको कुरा उनलाई पत्तै भएनछ । आँखामा चोट लाग्यो भनेर अप्रेसनद्वारा आँखाको घाउ त टालियो तर सिसा भित्रको भित्रै रहृयो । ६ वर्षपछि उनलाई त्यही सिसाले दुःख दिएको रहेछ ।

पछि फुजोउ शहरको दोङनान आँखा अस्पतालमा उनले आफ्नो आँखाको सर्जरी गर्दा ३.५ सेमी लामो बियरको सिसाको टुक्रा फेला पार्दा उनी पनि छक्क नपरिरहन सकेनन् । यति लामो समयसम्म आफ्नो आँखाभित्र बिलाउने उक्त सिसालाई जिआओ झुले उपहार मानी घर लगेको आईसी नेटवर्क समाचारले बताएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read