Home» Around the World »Weird and Interesting

संसारको ठूलो हात

कहिलेकाहीँ संसारकै सबैभन्दा अनुपम चिज पाउनु पनि श्रापझैँ हुँदो रहेछ । तपाइँलाई नपत्याए चीनका २४ वर्षीय लिउ हुआलाई भेट्टाउँछु, जसले उनको पीडाका बारेमा राम्रैसँग बताउन सक्छन् ।

यिनको हातलाई नाप्ने हो भने एउटा नाङ्लोले पनि भ्याउँदैन, त्यति ठूलो हात छ उनको ! त यिनलाई आफ्नो हात संसारकै ठूलो हातको रुपमा प्रख्याति पाउँदा चित्त बुझेको छैन । किनभने उनलाई आफ्नो हात नै झ्याउलाग्दो भारी भएको छ ।

चीनको जिआङ्सु प्रान्तका यी ठिटाको हात पनि सानोतिनो भए पो ! त्यसैले आफ्नो हातको बढ्दो आकारलाई नियन्त्रण गर्न हालै उनले ११ पाउण्ड (लगभग पाँच किलो) को मासु काटेर फ्याँकेपछि अब सामान्य जीवन बिताउन सक्छु भनेर आशा गरेका छन् ।

जिनमिन इभिनिङ न्यूजका अनुसार, उनको बूढी औँला, चोर र मझौला औँलाहरु जन्मेदेखि नै अलि फरक आकृतिमा आएका थिए । तर पछि यी औँलाहरु यस्तो आकारमा बढ्न थाले कि सबै चकित !

"मेरा बूढी औँला र चोरी औँला यसरी बढे कि ती त मेरो नारीभन्दा मोटो हुन थाले । यसका कारण मेरो देब्रे हातले त कामै गर्न नसक्ने भएँ", उनले बताए- "बाहिर निस्कँदा हातलाई मैले यसरी बर्ेर्नु पर्दथ्यो कि ठूलो हात चाहिँ मान्छेलाई ब्यागझैँ लागोस् !"

सांर्घाई शहरको नाइन्थ पिपल्स नामक अस्पतालमा उनलाई त्यो हातको र्सजरी गर्न सात घण्टा लागेको थियो । उनले आफ्नो हातको आकार ठीक ठाउँमा ल्याउन अर्को छ महिनापछि पुनः र्सजरी गर्नुपर्नेछ ।

"हामीले उनको पाँच वटा औँलालाई ठीक आकारमा ल्याउन र पुरानै अवस्थामा पुर्‍याउन मिहिनेत गरिरहेका छौँ", अस्पतालका प्रवक्ताले बताए ।

म्याक्रोड्याक्टीली नामक रोगबाट पीडित लिउलाई सो रोगका कारण यस्तो अवस्था सिर्जना भएको चिकित्सकहरुले जनाएका छन् । यो रोगकै कारण हात र गोडाका औँलाहरु अविश्वसनीय ढङ्गले ह्वात्त बढ्ने चिकित्सकहरुले जनाएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान उदेकलाग्दो बलिउड सुन्दरी फट्याइँ श्रीमानश्रीमती इन्टरनेट मुद्दा मामिला परिस्थिति माया सेलेब्रिटी नग्नता उदारता गुगल भव्यता हलिउड सेक्स मूर्ख्याइँ विज्ञापन उपाय
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,