Home» Around the World »Weird and Interesting

हात नभाँचिऊञ्जेल खेल्नुस्

तपाइँले कुनै खेल हार्नु भयो भने शायद तपाइँको 'अहम्'ले चोट खान्छ । तर जापानमा एउटा यस्तो खेल निकै लोकप्रिय हुन थालेको छ, जसमा तपाइँले हार्नुभयो भने अहममा चोट पुग्नुको साटो हातै भाँच्चिने डर हुन्छ ।

एपी समाचारका अनुसार जापानमा अहिले व्यस्त पसलहरुमा मेसिनको 'हात लडाउने' खेल महसूर हुन थालेको छ । एट्लस नामक वितरकले यसलाई बजारमा ल्याएको छ, जसको नाम राखिएको छ- आर्म स्पिरिट ।

दुःखलाग्दो कुरा के छ भने यो आर्म स्पिरिटसँग खेल खेल्दा तीन जना व्यक्तिले आफ्नो हात भाँचिसकेका छन् । "एउटा बडिबिल्डर मान्छेको हातभन्दा यो हात उति शक्तिशाली छैन । अरु त अरु महिलाले पनि यो मेसिने हातलाई जित्न सक्छन्", आफ्नो व्यापारको बचाउ गर्दै एट्लसकी प्रवक्ता आयानो साकियामाले भनिन्- "तर खेल्नुअघि केही कुरामा चाहिँ ध्यान पुर्‍याउनै पर्छ ।"

"हामीलाई के लाग्छ भने यो खेल खेल्दा केही खेलाडीहरु ज्यादा उत्साहित भए होलान् र तिनले आफ्नो हातलाई केही बङ्ग्याउने काम गरे होलान्", उनले थपिन्- "तर खास कसरी त्यस्तो भयो भन्ने कुराको अनुसन्धान चाहिँ कम्पनीका तर्फाट भइरहेको छ । यदि यही मेसिनमा केही खराबी भएको हुँदो हो भने तिनले क्षतिपर्ूर्ति पाउन सक्छन् ।"

आर्म स्पिरिटका खेलाडीहरुले यो खेलका लागि १० विभिन्न लेभलहरु पार गर्दै जानु पर्छ । जस्तो कि फ्रान्सेली नोकर्नी, जँड्याहा मार्सल आर्टका खेलाडीलगायत अन्य । अन्त्यमा एउटा व्यवसायिक रेस्लरसम्म खेल आइपुग्छ र त्यो अन्तिम लेभल हुनेछ ।

तर दुःखको कुरा यो मेसिन चाहिँ अहिलेसम्म जापानबाहेक अन्य देशमा बिक्री वितरण गरिएको छैन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड विज्ञापन प्रविधि कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: