Home» Music »Feature

मिडिया फर कल्चरः सूचनाको सञ्जाल

लामो समयदेखि प्रिन्ट तथा भिजुअल मिडियामा काम गरिरहेका पत्रकार, संस्कृतिकर्मी यादव भट्टराईले आफ्नो विधालाई सूचनाले समृद्ध बनाउन वेबसाइट शुरु गरेका छन् । मिडियाफरकल्चरडटकम नामबाट शुरु गरिएको यो वेबसाइटबाट नेपाली संस्कृतिका बारेमा बुझ्न चाहने स्वदेशी तथा विदेशीहरुका लागि ठूलो राहत हुने यसका सञ्चालक भट्टराईले इनशाडटकमलाई बताएका छन् ।

त्यसो त यो वेबसाइट शुरु गरिएको तीन महिना भइसकेको छ, तर महत्वपूर्ण सूचनाहरु भने यसमा राखिएको छैन । यादव भन्छन्- "राख्न भ्याइएको छैन । किनभने यसैका लागि भनेर समय छुट्याउन नभ्याएकाले यस्तो देखिएको हो तर छिट्टै नै हामी यसमाथि गृहकार्य गरिरहेका छौँ ।"

यो वेबसाइटलाई उनले नेपाली संस्कृतिको सूचना केन्द्रका रुपमा विकास गर्न खोजेका छन् । "यो भन्नु धेरै ठूलो कुरा हुन जाला भनेर यसको होहल्ला मैले गर्न जरुरी ठानिरहेको छैन", सञ्चालक यादव भट्टर्राईले भने- "तर उद्देश्य चाहिँ नेपाली संस्कृतिका सम्पूर्ण कुराहरु समेट्ने प्रयास गरिरहेको छु ।"

उनले यसमा नेपाली लोक संस्कृति, लोक गीत, जाति, जनजाति, संस्कार, भेषभूषा, गीत सङ्गीतका विविध आयामहरु केही समयसम्म अक्षरका रुपमा र अलि राम्रो व्यवस्था हुनसकेको खण्डमा पछि ध्वनि र दृश्यका रुपमा पनि राखिने उनले जनाएका छन् ।

अहिले यसलाई सार्वजनिक गरिसकेपछि केही कमजोरी पत्ता लागिसकेकाले ती कमजोरीलाई सच्याउने कार्य भइरहेको भट्टर्राईले बताएका छन् । तपाइँका पनि केही सच्याउन लायक् केही सुझाव छन् कि !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
क्या बात ! रिलिज लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान तातोपीरो सङ्गीतकार कन्सर्ट रुचि उपलब्धि नेपाली तारा गायक गीतकार भिडन्त विचार हल्ला विवाद बजारमा पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,