Home» Music »Feature

सङ्गीत उद्योग दुइ फ्याक !

सङ्गीत उद्यमीहरुको माउ संस्था नेपाल सङ्गीत उद्योग संघको कार्यकालमा नेपाली सङ्गीतको उन्नतिका लागि उत्पादनमूलक कार्य गर्न नसकेको आरोप लगाउँदै केही अडियो तथा भिडियो उद्यमीहरुले नयाँ संस्था दर्ता गराएका छन् ।

श्रव्य-दृश्य उद्यमी संघ नेपालको नाममा दर्ता भएको नयाँ संघमा साइराम पिक्चर्स प्रा.लि.का सञ्चालक शमशेर श्रेष्ठ अध्यक्ष चुनिएको छ । त्यसैगरी उपाध्यक्षमा प्रेम लामिछाने (क्लीन भीसीडी रेकर्ड्स), महासचिवमा रमेश अग्रवाल (मास्टर रेकर्डिङ), कोषाध्यक्षमा नवराज गिरी (बुढासुब्बा म्युजिक) रहेका छन् । संघका सदस्यहरुमा राजीव श्रेष्ठ (रियाज म्युजिक), किसनगोपाल अग्रवाल (ड्रिम्स भिडियो) , राम लामिछाने (सनराईज), प्रेम बराल (बाराही म्युजिक), सचिन सिंह (सम्झना अडियो एण्ड भिडियो) गगन प्रधान (रिबेल क्रिएशन), सुवास रेग्मी (विन्ध्यवासिनी म्युजिक) रहेका छन् ।

यसअघि नै शम्भु र्राईको अध्यक्षतामा २०६१ सालको भदौमा नेपाल सङ्गीत उद्यमी संघको गठन भएको थियो । जसले नेपाली सङ्गीत तथा भिडियो उद्योगको हितमा केही पनि गर्न नसकेको आरोप केही सङ्गीत कम्पनीहरुले लगाउँदै आइरहेका थिए ।

छुट्टिएका भनिएकाहरु पहिलेदेखि नै सङ्गीत उद्योग संघका विगतको क्रियाकलापबाट असन्तुष्ट रहेको बताइएको भए पनि श्रव्य-दृश्य उद्यमी संघका अध्यक्ष शमशेर श्रेष्ठले आफूहरु छुट्टिएको नभई भिडियोसमेत बजारमा ल्याउने संघसंस्थाका गम्भीर समस्याहरुलाई अन्य संस्थाले सम्बोधन गर्न नसकेका कारण यो संघ जन्मिएको बताएका छन् । २०६१ सालको भदौ १ मा भएको वृहद् भेलामा भिडियो क्यासेट व्यवसायी संघ, सङ्गीत उद्यमी संघ र नेपाल सङ्गीत उद्योग संघ जस्ता संस्थालाई एकीकृत बनाई त्यसको नाम परिवर्तन गर्ने घोषणा भए पनि त्यो तुहाइएपछि यो संघ जन्मिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

तर यो संस्था पनि अन्य संस्थाजस्तै हुने कि प्रतिलिपि अधिकार हनन् र अन्य गम्भीर प्रकृतिका मुद्दातर्फकेन्द्रित हुने भन्ने गम्भीर प्रश्न चाहिँ कायम रहने छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
तातोपीरो रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान गायिका प्रेम र विवाह रुचि कन्सर्ट सङ्गीतकार नेपाली तारा उपलब्धि हल्ला भिडन्त गीतकार पेज थ्री ट्रयाक बाहिर गायक विचार समुद्रपार
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,