Home» Around the World »Weird and Interesting

मृत्युपछि पनि जागीर र प्रमोशन



भारतको मणिपुर राज्यको विद्युत विभागमा काम गर्ने एल. निङथेमजाओले सन् २००१ मा जागीरबाट अनिवार्य अवकाश पाए । अवकाशपछि पाइने रकम पनि कार्यालयीय नियमअनुसार समय-समयमै उनको नामबाट गई नै रहन्थ्यो । तर २००१ मा अवकाश पाउनुअघि नै ती कर्मचारीको मृत्यु भइसकेको र उनले पाउनुपर्ने जागीरको पैसा मृत्यु हुने कर्मचारीका घरका व्यक्तिले नपाएको कुरा प्रकाशमा आएको छ ।

हिन्दुस्तान टाइम्सले बिहीबारको अङ्कमा छापेको समाचार अनुसार अहिले जागीरे निङथेमजाओका परिवारका व्यक्तिले लामो समयपछि आफ्नो श्रीमानले पाउनुपर्ने रकम नपाएको भनी विद्युत विभाग र राज्य सरकारको सञ्चार मन्त्रालयमा सूचनाको हकसम्बन्धी मुद्दा दायर गरेपछि यो समाचार प्रकाशमा आएको हो ।

निङथेमजाओका छोरा ऋषिकान्त र श्रीमती तोम्बीले गएको महिना आफ्नो पिता र श्रीमानले पाउनुपर्ने रकम लामो समयदेखि नपाएको र त्यो रकममा आफ्नो हक हुने बताउँदै मुद्दा दायर गरेका हुन् ।

थोउबल जिल्लाको कियाम सिर्फइ गाउँका निङथेमजाओको सन् १९८५ जुन २१ मा साधारण विरामीका कारण मृत्यु भएको थियो । उनको जागीर अवधि त्यसबेला १४ वर्षपुगिसकेको थियो । उनको छोरा ज्यादै सानो र श्रीमती पढेनलेखेको हुनाले परिवारलाई मृत्युपछि हुने फाइदा थाहा हुन सकेको थिएन । त्यतिबेला मजदूरहरुको संगठनले सानोतिनो सरसहयोग गरेका थिए । कार्यालयबाट पाएको रकम भनेको उनीहरुले त्यत्ति मात्र थियो । ऋषिकान्तले भने- "सन् २००४ मा हामीले बुवाको पेन्सनका बारेमा बुझ्न निवेदन दिएका थियौँ ।

गएको जुलाई ७ मा बल्ल राज्य सरकारको सूचना विभागले उनीहरुलाई उनीहरुलाई सूचित गर्‍यो कि ऋषिकान्तका पिता अझै जिउँदै छन् र तिनले मज्जाले जागीर खाए । त्यति मात्र होइन, उनी अहिले सेवा निवृत्त भइसकेका छन् । यो सुनेपछि तिनीहरु चकित परे ।

यो सूचनापछि मात्र आफ्नो बुवाको रकम अरुले नै चप्काइसकेको थाहा पाएका थिए । कतिसम्म भने सन् १९९८ को १६ जनवरीमा उनको प्रमोशन समेत भएको थियो । जबकि उनको मृत्यु भएको त्यसबेला १३ वर्ष भइसकेको थियो । त्यस्तै उनको मृत्युको १६ वर्ष
पछि अगष्ट ३१, सन् २००१ मा उनले अनिवार्य अवकाश पाएका थिए ।

यता विद्युत विभागका कुनै पनि कर्मचारीले यस घटनाका सम्बन्धमा प्रतिक्रिया जनाउन मानेनन् ।

सेवा निवृत्त हुँदा उनको तलब तीन हजार रुपियाँ प्रति महिना रहेको कार्यालयले जनाएको छ । यता यत्रो वर्षदेखि एक सुका पनि नपाएको झोँकमा ऋषिकान्तले विभागलाई अर्को मुद्दा हाल्ने तयारी गरिरहेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ श्रीमानश्रीमती सुन्दरी माया बलिउड मूर्ख्याइँ इन्टरनेट सेलेब्रिटी गुगल मुद्दा मामिला भव्यता हलिउड विज्ञापन परिस्थिति नग्नता उपाय सेक्स कीर्तिमान उदारता उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,