Home» Around the World »Weird and Interesting

अनौठो बिहे

२७ उमेरका जियाङ देजाङ र २६ पुगेकी ती गुङ्जु दुवै झ्याल पुछ्ने काम गर्छन् । दुवैको आँखा चार भएर मन परापर भएको पनि यही झ्याल पुछ्ने क्रममा हो । त जियाङ र तीले के गरे भने आफ्नो प्रेमलाई अमर बनाउन आफूले झ्याल पुछ्ने गरेको अग्लो ठाउँलाई नै रोजेर बिहेको औँठी साटासाट गरे ।

ती दुवैले काठको बोर्डमा एकअर्कालाई सम्मुख पारेर सँगै जिउने र सँगै मर्ने कसम खाए । "हाम्रो बिहे कस्तो रह्यो भने यो निकै रोमाञ्चक, प्रेमपूर्ण र दैनिक कार्यझैँ थियो । किनभने हामी हरेक दिन यति माथि झ्याल पुछ्न आइरहेकै हुन्थ्यौँ, मीठा गफ गरिरहेकै हुन्थ्यौँ । त्यसैले यो बिहे रोमाञ्चक तर दैनिक रुटिनजस्तो पनि रह्यो", बेहुला जियाङले युनान दैनिकलाई बताए ।

तिनले हावामा औँठी साटासाट गरेको दृश्य हेर्न शहरभरिका धेरै मान्छेहरु जम्मा भएका थिए । तिनले औँठी साटिसकेपछि हावामै अंगालो मारे र एकअर्कालाई चुम्बन गरे । अनि तल जम्मा भएका व्यक्तिहरुले तिनको विवाहमा थपडी बजाएर स्वीकृति प्रदान गरे ।

उनीहरुको प्रेम र विवाहलाई यादगार बनाउन उनीहरुका साथीहरुले तलबाट 'हाई अल्टिच्यूड लब'को ब्यानर देखाएका थिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान श्रीमानश्रीमती हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड विज्ञापन सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: