Home» Around the World »Weird and Interesting

आईफोन ह्याक भयो, कारको मोलमा फर्मूला बेचियो



अहिलेसम्मकै सबैभन्दा लोभलाग्दो विद्युतीय सामग्रीको सूचिमा परेको आईफोनका विषयमा यसका निर्माताहरुको दाबी के थियो भने, यसको सूत्र यति गाह्रो छ कि यसलाई त्यसै चलाउन मिल्दैन । अमेरिकी फोन कम्पनी एटीएण्डटी नामक कम्पनीको सिममा मात्र चल्ने गरी बनाइएको यो आईफोनको सूत्रलाई तोडेर एक अमेरिकी टीन एजरले अन्य फोनको सिममा समेत चलाउन मिल्ने बनाएको दाबी गरिएको छ ।

एपी समाचार संस्थाका अनुसार न्यूजर्सीका जर्ज होत्जले यो सूत्र पत्ता लगाएका हुन् । यो सूत्र पत्ता लगाएपछि बिग्रिएका मोबाइल फोन बनाउने पसल सेर्टीसेलले उनलाई त्यो सूत्र किन्नका लागि एउटा नयाँ निसान ३५० जेड कार दिने प्रस्ताव अघि सारेको छ ।

आफूले हृ्याक गर्न सफल भएको फोनलाई बेच्ने अन्तिम तयारी गरिरहेका होत्जले १७ वर्षीय होत्जले भने- "कलेजको गर्मीयामको छुट्टी मेरालागि साँच्चिकै सुखदायी बनेको छ ।"

उनलाई हृ्याक गर्न सघाउने अन्य तीन जनालाई एक-एक वटा आईफोन उपहार दिने उनले बताएका छन् । उनले भने- "इन्टरनेटमा मलाई सघाउनेहरुले गर्दा मैले यसलाई सजिलै हृ्याक गर्न सकेको हुँ । त्यसका लागि म उनीहरुलाई एक एक वटा आईफोन दिएर धन्यवाद ज्ञापन गर्न चाहन्छु ।"

यो फोनलाई हृ्याक गर्न उनलाई ५०० घण्टा लागेको थियो । आईफोन जुन २९ मा बिक्री शुरु भएयता उनले दैनिक आठ घण्टा यसको सूत्र पत्ता लगाउनमा बिताएका थिए ।

यता
सेर्टीसेलका उपाध्यक्ष टेरी डेडोनले उनलाई सेर्टीसेलमा जागीरको प्रस्ताव राखेका छन् । उपाध्यक्ष टेरीले भने- "हुन त हामीले होत्जको खोजलाई व्यवसायिक रङ दिने योजना बनाइसकेका छैनौँ तर यो साँच्चिकै गज्जबको कार्य चाहिँ हो ।"

ह्याक गरिसकेपछि अब यो आईफोन एटीएण्डटीबाट मात्र नभई अन्य सेलुलर नेर्टवर्कका सिमबाट पनि चल्ने गर्दछ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
प्रविधि माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता इन्टरनेट नग्नता बलिउड मूर्ख्याइँ विज्ञापन मुद्दा मामिला श्रीमानश्रीमती फट्याइँ कीर्तिमान परिस्थिति हलिउड उपाय उदेकलाग्दो उदारता
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music,