Home» Around the World »Weird and Interesting

टीभी कार्यक्रमले सातो लियो

अष्ट्रेलियाली टेलिभिजनको एउटा हास्य कार्यक्रमका कारण अष्ट्रेलियाली प्रहरीको झन्नै सातो लिन पुग्यो ।

गएको साता एपेक राष्ट्रहरुको अष्ट्रेलियाली भेलामा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस, अष्ट्रेलियाली राष्ट्रपति जोन हावर्डलगायत अन्य शक्ति सम्पन्न राष्ट्रका प्रमुखहरुको बैठकको अन्तिम दिन थियो । अन्तिम दिनमा अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) टेलिभिजनका हास्य कार्यक्रम निर्देशकलाई एउटा रमाइलो ठट्टा गर्ने रहर चल्यो ।

त्यही अनुसार उनले एउटा लामो चिल्लो कार भाडामा लिए र एक जना हास्य कलाकारलाई ओसामा बिन लादेनजस्तै बनाइदिए । ओसामा बिन लादेन बनेका कलाकार सीधै क्यानडेली झण्डा फहराउँदै कार लिएर अमेरिकी राष्ट्रपति बसेको होटल (नाम खुलाइएको छैन) अघिल्तिर गाडी रोके ।

चिल्लो कारमा अमेरिकी राष्ट्रपति बसेको होटलभित्र ओसामा बिन लादेन आइपुगेको देखेपछि अष्ट्रेलियाली प्रहरीहरुको सातो उड्यो । तिनले नक्कली ओसामालाई पक्राउ गरेपछि बल्ल खुल्यो, यो त प्रहरीहरुलाई 'बकरा' बनाउन पो खोजिएको रहेछ !

तर यो ठट्टा कार्यक्रमका निर्देशकलाई यो ठट्टा निकै महङ्गो पनि पर्‍यो, उनलाई प्रहरीले घण्टौँ प्रहरी कार्यालयमा उभ्याइदियो ।

संसारकै सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुखहरुको भेलामा त्यहाँको सुरक्षा जाँच गर्न पुगेका टीभी कलाकारहरुलाई त शुरुका दुइ स्टेशनमा कुनै पनि सोधपुछ गरिएन । किनभने नक्कली बिन लादेनको कारमा क्यानडाको झण्डा फहराइएको थियो भने त्यसपछि दुइ नक्कली प्रहरीहरु दायाँबायाँ तिनलाई पहरा दिइरहेका थिए । तर अन्तिम बिन्दुमा भने प्रहरीको कडा आँखा पुगिहाल्यो !

कलाकारहरु जमानतमा छुटे पनि प्रहरीले तिनमाथि अन्य विभिन्न मुद्दा हाल्नेबारे सोचिरहेको प्रहरीले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
परिस्थिति उदेकलाग्दो फट्याइँ बलिउड श्रीमानश्रीमती मुद्दा मामिला सुन्दरी इन्टरनेट गुगल मूर्ख्याइँ माया उदारता नग्नता भव्यता सेक्स सेलेब्रिटी हलिउड जनावर उपाय यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह