Home» Around the World »Weird and Interesting

सेक्सी जुत्ताहरु

जुत्ता भन्ने बित्तिकै लगाउनलाई सजिलो, हेर्दामा राम्रो भन्ने बुझिएला तर फ्रान्सेली जुत्ता उत्पादक क्रिस्चियन लोबोटीनका जुत्ताहरु अमेरिकी बजारमा सबैभन्दा कुख्यात रहेको एक अध्ययनले बताएको छ । तर पनि यो यति लोकप्रिय छ कि मान्छेहरु हजारौँ डलर तिरेर यो लगाउन पछि पर्दैनन् ।

खर्चिला महिलाहरुले प्रयोग गर्ने जुत्तामा क्रिस्चियन लोबोटिनका जुत्ताबाहेक मानोलो ब्लानिक र जिम्मी चु कम्पनीका जुत्ताहरु दोस्रो र तेस्रो सूचिमा परेको सर्भेले जनाएको छ । यो सर्भे न्यूयोर्कस्थित लक्जरी इन्स्टिच्यूटले आयोजन गरेको थियो ।

"महिलाका लागि बनाइएका लक्जरी जुत्ताहरु हेर्दामा निकै 'हट' देखिने गरेका छन् । यी जुत्ताको शैली ज्यादै राम्रो देखिएकाले पूँजीपति वर्गका नजरमा परेको हो । यी जुत्ता यति महङ्गा थिए कि केही वर्षअघिसम्म साधारण जनतालाई यिनका बारेमा थाहा थिएन", लक्जरी इन्स्टिच्यूटका मुख्य कार्यकारी अधिकृत मिल्टन पेद्रजाले बताए ।

यी जुत्ताहरु सङ्कलन गर्ने र यी जुत्ताकै बारेमा किताब, इन्टरनेटमा ब्लग लेखिने र जुत्तालाई नै केन्द्रित गरेर जुत्ताधनीहरुले क्लब खोल्ने समेत गरेका छन् ।

फ्रान्सेली डिजाइनर क्रिस्चियन लोबोटिनले पेरिसमा सन् १९९२ मा जुत्ताकै मात्र बुटिक खोलेपछि हातले मात्र बनाइएका ती जुत्ताको अर्को बुटिक इटालीमा खोले । त्यसपछि उनको जुत्ताको हल्ला संसारभर भयो । अहिले त उनका जुत्ताहरु हंगकंग, न्यूयोर्कदेखि मस्कोसम्मका डिपार्टमेन्टल स्टोरसम्म पुगेका छन् । उनले बनाएका जुत्ता ८ सय डलर (करिब ५६ हजार रुपियाँ) बाट शुरु हुन्छन् ।

केही व्यक्तिहरुले उनका जुत्ता लगाउन भन्दा पनि हेर्नका लागि बनाइएको, हिँड्नका लागि भन्दा पनि देखाउनका लागि बनाइएको आरोप लगाए पनि हलिउडकी प्रख्यात नायिका निकोल किडम्यान, गेनिथ पाल्ट्रो, हेल बेरी तथा सल्मा हायक ती जुत्ताको फ्यान नै हुन् ।

७१५ धनी अमेरिकी महिलाहरुमाझ गरिएको सर्भेमा आफ्नो जुत्ताका लागि निकै पैसा खर्चिने गरेको समेत पाइएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान उपाय
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल