Home» Around the World »Weird and Interesting

१० वर्षसम्म फ्रिजमै



बेलायती दुइ दिदीबहिनीले आफ्नी आमालाई १० वर्षसम्म फ्रिजमा राखेको खुलासा द सन पत्रिकाले गरेको छ ।

जोसिफाइन र वाल्मई लामस आमालाई यति माया गर्थे कि उनीबाट टाढा नरहनु परोस् भनेर आफ्नी आमाको मृत्युपछि तिनले गाढ्न जरुरी ठानेनन् । हरेक सप्ताहान्त आफ्नी आमालाई हेर्न उनीहरु फ्रिज नजिक जान्थे, मृत आमाका लागि प्रार्थना गर्थे र फर्कन्थे । तिनकी आमाको सन् १९९७ मा ८७ वर्षको उमेरमा मृत्यु भएको थियो ।

आफ्नी आमाका लागि १३ हजार पाउण्ड खर्च गरेर एउटा गतिलो
फ्रिजमा राखेका थिए । बेलायतमा यसरी फ्रिजमा राख्ने विभिन्न एजेन्टहरु पाइन्छन् ।

जेसोफाइन, ५९, पश्चिमी लण्डनमा बस्छिन् भने वाल्मई, ५२, हेरोमा । ती दुवै हरेक साता आफ्नी आमालाई भेट्न त्यहाँ आउने गरेका थिए ।

सन पत्रिकाले पारिवारिक सूत्रलाई उद्धृत गर्दै भनेको छ- "अति गर्‍यो भने खति हुन्छ... तिनले जे गरिरहेका थिए, त्यो एक कान दुइ कान मैदान हुने चिज थियो र हामी सबै परिवारका लागि त्यो चाहिँ साँच्चिकै 'डिस्र्टर्बिङ' थियो ।"

पछि प्रहरीले शबलाई
फ्रिजबाट निकालेर गरेको पोष्ट मोर्टम परीक्षणबाट आमा एनीको मृत्यु एम्बोलिजमका कारण भएको खुलेको थियो । एम्बोलिजम चाहिँ त्यो बेला हुन्छ, जब शरीरको कुनै अंग एक ठाउँबाट हल्का सरेर रगतको राम्रो आवतजावत रोकिँदा अर्को अङ्गमा पर्ने असर हुन्छ । दुवै छोरीहरुले आमाको मृत्युको कारण एम्बोलिजमबाट भएको थाहा पाएपछि तिनहरु बेखुशी भएका सन पत्रिकाले जनाएको छ ।

उत्तरपश्चिमी लण्डनको
फ्रिजमा राखिएको उनको शरीरका लागि दुवै छोरीले साताको २० पाउण्ड तिर्ने गरेका थिए । आमालाई गाढ्न भनेर तिनले २ हजार पाउण्डको पाँच काठे कफिन (मुर्दा राख्ने बाकस) का लागि २ हजार पाउण्ड तिरेका थिए । आमाको सौन्दर्य कत्ति पनि नबिग्रियोस् भनेर तिनले थप ८ सय पाउण्ड उनको मृत्युपरान्तको श्रृङ्गारका लागि खर्च गरेका थिए ।

"मृत्यु दर्तापछि मूर्दालाई वर्षौँसम्म राख्न नपाइने भन्ने त्यस्तो कुनै कानूनी व्यवधान छैन", मूर्दा गाढ्ने संस्थाका एक निर्देशक फिलिप सेभिलले भने- "तर मृत्युपछिका दुइ साता पछि चाहिँ मूर्दा गाढ्दा राम्रो हुन्छ ।"

यता दुइ छोरीमध्ये एक वाल्मईको भनाइ थियो- "म सँधै एकान्तिक रहेँ र मलाई यस्ता विषयमा छलफल गर्नु कुनै जरुरी ठानिनँ । त्यसैले मेरो परिवारमा जुन कोकोहोलो मच्चिएको छ, ती सब वाहियात् हुन् । तिनले यसमा त्यति धेरै चासो नलिए हुन्छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country