Home» Around the World »Weird and Interesting

कुरुपहरुको स्मृतिमा



संसारभरका कुरुपहरुलाई खुशीको खबर ! सुन्दरहरुले तपाइँलाई अपहेलित गरे त के भो ? विश्व कुरुप मानव संगठनले इटालीको उत्तरी शहर पियोबिको शहरमा कुरुपहरुका स्मृतिमा मूर्ति बनाउने भएको छ ।

यो स्मृति मूर्ति चाहिँ अब चाँडै नै उद्घाटन गरिने भएको छ ।

कुरुप भएकाले चाँडै नै बिर्सिइएको कुनै अनजान व्यक्तिको मर्ूर्ति नै संसारभरका कुरुप व्यक्तिहरुको स्मृति मूर्तिका रुपमा बनाइने भएको हो । हालै विश्व कुरुप मानव संगठनको सेप्टेम्बर ९ मा भएको एक भेलाले सो निर्णय गरेको एनानोभा समाचार एजेन्सीले जनाएको छ ।

उक्त संगठनका अध्यक्ष टेलिस्फेरो लोकोबेलीले भने- "हाम्रो संगठनको मुख्य उद्देश्य चाहिँ र्'पर्सन इज हृवाट हि इज, नट हृवाट ही लुक्स लाइक्' रहने छ ।" अर्थात् मान्छेलाई अनुहारले होइन, मनले चिनौँ !

"यो स्मृति मूर्ति कुनै राम्रो देखिने फिल्मी स्टारको हुने छैन, न त कुनै खत्रा युद्ध जित्ने नायककै हुन्छ । तर त्यस्तो व्यक्तिको हुन्छ, जुन सामान्यतया सुन्दरको परिभाषाभित्र पर्दैन तर भित्रबाट चाहिँ सुन्दर मनको हुन्छ", उनले बताए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! उदेकलाग्दो सुन्दरी बलिउड माया सेलेब्रिटी इन्टरनेट श्रीमानश्रीमती परिस्थिति फट्याइँ उदारता मुद्दा मामिला नग्नता मूर्ख्याइँ भव्यता विज्ञापन हलिउड गुगल सेक्स कीर्तिमान
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,