 |
Home» Around the World »Weird and Interesting |
भ्रष्ट अधिकारीका ११ रखौटी

चीनमा भ्रष्टाचार रोक्न निकै मिहिनेत गरिँदैछ । यदि भ्रष्टाचारमा लिप्त भएको प्रमाणित भएमा भ्रष्टाचारको गाम्भीर्यता हेरी मृत्युदण्डसम्मको सजाय तोकिने गरेको छ । तर यो थाहा हुँदाहुँदै पनि चीनमा भ्रष्टाचार कम हुने कुनै लक्षण देखिएको छैन ।
रोचक खबर त के छ भने ११ वटी रखौटी राख्ने चीनका एक प्रभावशाली प्रान्तीय सरकारको सल्लाहकार बोर्डका अध्यक्षलाई आफ्नै 'कान्छी'हरुले यस्तरी फँसाएका छन् कि उनलाई फाँसीको सजाय भएको थियो । उनी फाँसीको सजायमा कसरी तोकिए भने ती प्रभावशाली अधिकारीले आफूमाथि गद्दारी गरेको थाहा पाएपछि ११ मध्येकी एक 'कान्छी'लाई कार बमले मज्जाले धुजाधुजा पारेका थिए ।
तर उनी यही मुद्दामा यति नराम्ररी फँसे कि उनलाई फाँसीको सजाए सुनाइयो ।
शक्तिशाली चिनियाँ पदाधिकारी तथा उद्योगपतिहरुका लागि दोस्री तेस्री श्रीमती राख्नु साधारण कुरा बन्न पुगेको छ । अनि बहुश्रीमतीका कारण घुसखोरी र शक्तिको दुरुपयोग गर्नु पनि साधारण ठान्न थालिएको छ ।
तर साङ्सी प्रान्तका राजनीतिक सुझाव बोर्डका पूर्व डेपुटी हेड ६३ वर्षीय पाङ जिआयु यति शक्तिशाली थिए कि उनका ११ वटी रखौटी थिए ।
"शायद पाङलाई ती ११ वटी श्रीमतीहरु एक जुट भएर आफ्नै ज्यान जोखिममा पार्लान् भन्ने सोचेका पनि थिएनन् होला", चीनको सरकारी अखबार पिपुल्स डेलीले आफ्नो खबरमा लेखेको छ ।
बाओजी शहरका पार्टी प्रमुखसमेत रहेका पाङलाई सुन्दर र भर्खरका तरुनी आईमाईहरुलाई लोभ्याएर रखौटी बनाएका थिए । ती रखौटीमध्ये त कतिपय श्रीमान् हुनेहरु पनि थिए ।
पाङले ती महिलाहरुलाई कमाउने प्रशस्त अवसर दिएका थिए । जस्तो कि कसैलाई उच्च सरकारी ओहदामा जागीर दिलाएर त कसैलाई सरकारका विभिन्न विकास कार्यक्रममा सहभागी गराएर । केही महिलाहरुले आफ्ना श्रीमान्लाई पानीको डार्इभर्सन बनाउने कामसमेत दिलाएका थिए र त्यसमा ठूलो भ्रष्टाचार भएको थियो । त्यो भ्रष्टाचारको परिणाम के थियो भने पानीको डाइभर्सन पूरा भएको एक वर्षछि नै फुटेर ध्वस्त भएको थियो ।
यो मुद्दामा ११ मध्येका केही लोग्नेहरुलाई मृत्युदण्ड दिइएको थियो । यो मृत्युदण्डले पागल भएका ती रखौटीहरुले पाङलाई तह लगाउने उपाय सोच्न थाले ।
गएको जुलाई महिनामा पार्टीको अनुशासन नियमन समितिले पाङलाई गम्भीर रुपमा अनुसन्धान गर्न थाल्यो । त्यस अनुसन्धानले खुलायो कि कसरी उनका ११ कान्छीहरु छन् र तिनलाई खुशी बनाउन कसरी उनले अख्तियार दुरुपयोग गरे । आफ्नै विरुद्ध षडयन्त्र हुन थालेको थाहा पाएपछि पाङले आफ्ना ११ जनामध्ये एउटीलाई कार बमले उडाएका थिए । यहिँनेर उनी फँसे ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसारका विगत पाँच वर्षा ९० प्रतिशतभन्दा बढी देशका उच्च अधिकारीहरुलाई कान्छीहरु राखेको अभियोगमा दुइमध्ये एक छोड्न पार्टीबाट दबाब दिएको थियो ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, | | | | | | |