आँशु सकियो

सामान्यतयाः कुनै पनि टीभी श्रृङ्खला सकियो भने त्यसका निर्माता निर्देशकहरुले कलाकार र प्राविधिकलाई तिनको पारिश्रमिक दिन्छन् र बाल गन्दैनन् । तर त्यसको ठीक विपरीत गएको साता एउटा अर्कै दृश्य काठमाडौँमा देखियो ।
नेपाल टेलिभिजनबाट प्रसारित दुइ थोपा आँशु सकिएको छ । यो श्रृङ्खला सकियो तर यसले निर्माता/निर्देशकलाई फाइदा दिन सकेन । प्रति साता लगभग १५ हजारको घाटा व्यहोरेपछि यो श्रृङ्खला बन्द हुन पुगे पनि यसका निर्माताहरुले कलाकारहरुलाई खुशी राख्न कुनै कसर छाडेनन् ।
त्यसको उदाहरण गएको साता राजधानीको एउटा रेष्टुराँमा सबै कलाकार तथा प्राविधिक बटुलेर निर्माता ज्योतिराज राई र जनकदीपले पार्टी दिएका छन् ।
पार्टीमा दुवै निर्माताहरुले स्वीकार गरे- श्रृङ्खला राम्रो थियो, कलाकारको काम पनि अच्छा थियो, तर विज्ञापनदाताहरुले पत्याइदिएनन् ।
छुट्टिने दिन कलाकारहरु गणेश उप्रेती, सुशीला रायमाझी, निर्माताद्वय ज्योतिराज राई, जनकदीप, अतिथिहरुले पनि आफ्नो मन्तव्य राखेका थिए । तर पत्रकारहरु चाहिँ दंगदास थिए, छुट्टिने बेलामा यस्तो कार्यक्रम चाहिँ कसैले पनि गर्दैन ।
|