 |
Home» Music »Feature |
आइडोलका सहभागी नेपालमा गाउँदै

इण्डियन आइडोलका प्रतिस्पर्धीहरु शनिबार र आइतबारको सांगीतिक कार्यक्रम प्रस्तुति सफलताका साथ सम्पन्न भएपछि आयोजक मेरो मोबाइल र पार्टी नेपालले ढुक्कको श्वास लिएका छन् ।
आफूहरु शनिबार र आइतबार आयोजन गरिने कर्न्र्सटका लागि तयार भएको खबर दिन शुक्रबार इण्डियन आइडोलका प्रतिस्पर्धी र नेपालका प्रख्यात गायक निमा रुम्बा सोल्टी होटलमा भेला भएका थिए ।
कार्यक्रममा मयङ्क, पर्लिन, अङ्किता, दिपाली, इमोन, चारु र नेपालका तर्फबाट नीमा रुम्बा र अनील सिंहले धुँवाधार प्रस्तुति दिने बताइएको थियो र भनेअनुसार नै तिनले शनिबार इञ्जिनियरिङ क्याम्पस पाटनको खुला मैदानमा आफ्नो उपस्थितिलाई सार्थक बनाएका थिए । खुला मैदानमा करिब २० हजार व्यक्तिहरु सहभागी बनेको अनुमान गरिएको छ ।
शुक्रबार गरिएको पत्रकार सम्मेलनमा इण्डियन आइडोलका सबै सहभागी सवाल जवाफका लागि निकै तयार भएर आएका देखिन्थे । उनीहरुमा गज्जबको आत्मविश्वास देखिन्थ्यो । इण्डियन आइडोलको लोकप्रियता कति रहेछ भन्ने कुरा उपस्थित पत्रकारहरुको संख्या र तिनले प्रतिस्पर्धीहरुलाई सोधेका प्रश्नले जनाइरहेको थियो । अधिकांशले आफ्नो प्रिय गायकलाई प्रश्न गर्ने अवसर छुटाएका थिएनन् ।
मेरो मोबाइलले आफ्नो ब्राण्डलाई चलाउन यो कार्यक्रमको आयोजना गरेको हो । हरेक टिकटसँगै मेरो मोबाइलको सीमकार्ड पनि वितरण गरिने घोषणाका कारण पनि सहभागिता बाक्लिएको थियो ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in Misc
Books Home |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |