Home» City Life »Updates

संविधानसभा र षडयन्त्रको गन्ध


यो त पक्का नै छ, राजधानीमै बम पड्किनु र त्यसका कर्ताहरुका बारेमा पत्ता नलाग्नु वा सरकारले यसबारेमा स्पष्ट बोल्न नचाहनु अनि कपिलवस्तुमा पूर्व माओवादी प्रतिकार समितिका सदस्य मोहिन खाँको हत्या हुनु र उनको हत्या लगत्तै हिन्दू-मुस्लिम दङ्गा फैलिनु यो फरक फरक घटना नहुन सक्छ ।

जब-जब नेपालमा नेपालीहरु आफैँले केही महत्वपूर्ण निर्णयमा सहभागिता जनाउन खोज्छन्, त्यतिबेला अनेक घटना घट्न पुग्छन् । ती घटना कहिले दवावका रुपमा राजनीतिक हस्तक्षेपकै कारणले हुन पुग्छन् त कहिले यस्तै अनेक थरिका हत्या र त्यसपछिका श्रृङ्खलाबद्ध तोडफोड र कार्यक्रमले ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यतिबेला तनावमा छन्, तनावको कारण छ र त्यो कारण के भने यदि मंसीर ६ मा संविधानसभाको निर्वाचन भएन भने गिरिजा बाबुले नेतृत्व गरेको सरकारको वैधानिकता सकिने भनाइ भारतीयहरुको छ । भारतीयहरुको यो भनाइले नेपालमा भारतीय हस्तक्षेपको पराकाष्ठा देखाउँछ ।

धेरैलाई थाहा नहुन सक्छ, तराइका अधिकांश मुस्लिम समुदाय भारतीय चलखेलकै उपज हो । भन्न के खोजिएको भने जब बंगलादेशमा क्रान्ति भयो, यो छुपेको छैन कि त्यसमा भारतीय जासूसी संस्था 'र'को ठूलो हात छ । त्यो क्रान्तिताका बंगलादेशबाट ठूलो संख्यामा मुस्लिम समुदायहरु पाकिस्तान जान भनी नेपाल-भारत बोर्डर हुँदै निस्किएका थिए । तर अधिकांश मुस्लिम समुदाय नेपालको त्यसबेलाको शान्त अवस्थाबाट मोहित भई यहीँ स्थायी डेरा जमाए । यी मुस्लिम समुदाय राजनीतिक, सामाजिक र अन्य पहुँचबाट टाढा छ । ज्यादै निम्नस्तरको जीवनमा बाँचिरहेका यी मुस्लिमहरुलाई कहिलेकाहीँ पाठशाला र मस्जिद निर्माणका लागि परदेशका मुस्लिमहरुले सघाइरहेका छन् । शान्त मुस्लिम समुदायलाई पछिल्लो समयको वैदेशिक रोजगार र शिक्षाका कारण आफूहरुको पछौटेपनको कारण थाहा पाइरहेका छन् । र, तिनलाई यो पनि थाहा छ कि नेपाल सरकारले उनीहरुलाई जति दिन सक्थ्यो, दिएन ।

यो तथ्यतर्फ नेपाल सरकारले पर्याप्त रुपमा ध्यान पुर्‍याउन नसके पनि भारतले पहिलेदेखि नै यहाँ नजर दिइरहेको छ र यिनलाई कसरी समय-समयमा चलाउन सकिन्छ, 'र'लाई बाहेक अरु कसलाई थाहा होला र ? समय कालान्तरमा नेपाली नागरिक भइसकेका र कतिपयले नेपाली नागरिकता लिन बाँकी रहेका अधिकांश 'फ्रस्टेड' यो समुदायलाई चलाउन र भड्काउन कुनै गाह्रो छैन ।

यही परिप्रेक्ष्यमा मोहिन खाँको हत्या भएको छ र यो हत्या साधारण हत्या मात्रमा सीमित हुन सकेको छैन । यस हत्याले मध्य पश्चिमका अधिकांश तराई जिल्लालाई प्रभावित तुल्याएको छ । यो हत्या सर्सर्ती हेर्दा एक समय माओवादी विरोधी चिनिएका मोहिनलाई 'ठेगान' लगाउने माओवादी नै हुनसक्ने सम्भावना देखिन्छ । यसले माओवादीप्रतिको वितृष्णालाई झनै चर्काउने कुरालाई नकार्न सकिन्न । पहिले लहानदेखि वीरगञ्जसम्म माओवादीको तराई पकडलाई ध्वस्त बनाइसकेपछि वीरगञ्जदेखि बुटवल खण्डको माओवादी पकडलाई सखाप पार्नु अमेरिकी-भारतीय चासोलाई कम आँक्नु हुने थिएन । मोहिन खानको हत्याले माओवादीलाई अर्को झड्का लागेको छ । माओवादीले अब यो खण्डमा रहेको आफ्नो पकडलाई विस्तारै गुमाउने छ । र, यो अनुमान लगाइरहनु पर्दैन कि अर्को प्रहार चाहिँ बुटवलदेखि नेपालगञ्जसम्मको माओवादी पकडलाई सखाप पार्नु नै तिनको उद्देश्य रहनेछ । त्यसै पनि मधेशी जनअधिकार फोरमको माघे क्रान्तिताका नै नेपालगञ्जमा सीडी प्रकरण भइसकेको छ । नेपालगञ्ज यस्तो ठाउँको रुपमा विकसित भइसकेको छ, जहाँ जतिबेला पनि धार्मिक हिंसा भड्किन सक्छ । नेपालगञ्ज पड्किन लागेको बम बनेको छ र यसलाई आगो झोस्न अनेक धार्मिक संस्थाहरु त्यसै पनि तयार छन् ।

अरु पार्टीहरुलाई लाग्ला, माओवादी सखाप पार्ने यो षडयन्त्र माओवादीलाई साइजमा ल्याउने कुराकै एउटा प्रकरण हो । उनीहरुलाई यो पनि लाग्ला, यस घटनाले उनीहरुलाई केही असर पार्ने छैन । तर अरु पार्टीलाई साइजमा ल्याउन सक्ने शक्तिले भोलि तिनलाई पनि पङ्गु बनाउन सक्छन् ।

यी सबै घटनाक्रमको विश्लेषण गर्दा के भन्न सकिन्छ भने नेपाली जनताले आफैँले निर्णय गर्न सक्ने ठाउँ निकै कम छ । त्यसैले गिरिजाबाबु कहिलेकाहीँ भन्छन्, देशको सार्वभौमिकतामा आँच आउन सक्छ । अहिले गिरिजाबाबुलाई प्रधानमन्त्रीको कुर्सी तात्तातो कन्ती बन्न पुगेको छ । यस्तो बेलामा आफ्नो कार्यक्षमता माथिको कम विश्वास र विदेशी शक्तिमाथिको भरोसा ज्यादा हुनुको अर्थ हुनसक्छ, नेपालको अस्तित्व नै नरहनु । तर के हाम्रा नेताहरुले यी कुरालाई ध्यान दिएका छन् त ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
संविधानसभा माओवादी crisis अनुभव awards पेट्रोल streets सेलेब्रिटी हल्ला hi-life festival मोबाईल समलिङगी events celebrity
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: