Home» Music »Feature

प्रमोदलाई फापेको भिडियो

म्युजिक भिडियोको महत्व कत्तिको छ त्यो थाहा पाउन चर्चामा आउन थालेका गायक प्रमोद खरेललाई सोध्नुस् ।

केही समयअघि बजारमा आएको उनको एल्बम सेन्टिमेन्ट्सको चर्चा भिडियोपछि मात्र चुलिएपछि उनलाई यो कुरा खुलस्त हुन पुगेको हो । भिडियोको चर्चासँगै उनले विभिन्न स्टेज कार्यक्रममा समेत निम्तो पाउन थालेका छन् ।

उनलाई यतिबेला संगीत उद्योग निकै फापेको छ । चर्चित निर्देशक किशोर रानाद्वारा निर्देशन गरिने चलचित्र मिस्टर मंगलेमा संगीत उनैले भर्न भ्याएका छन् । चलचित्रमा रहेका तीन गीतमा उनले राजेशपायल र्राई, संगीता राना, रेजिना रिमाल, दीपक लिम्बु, माण्डवी त्रिपाठीलाई गाउन लगाएका छन् । त्यसो त यस चलचित्रमा गाउने मौका उनले पनि छोडेका छैनन् ।

तर यो चलचित्र उनको भिडियोको कारणले भने पाएका होइनन् । चलचित्रका निर्माता वीरेन श्रेष्ठले उनको प्रतिभा पत्याएपछि मिस्टर मंगलेमा संगीत भर्न पाएका हुन् ।

त्यसो त उनलाई अभिनय पनि आउँछ । त्यो कुरा हालै प्रकाशमा आएको म्युजिक भिडियो 'बाँचेको थिएँ...' मा उनले नायिका उषा पौडेलसँग आँखामा आँखा जुधाएर अभिनय गरेका छन् ।

के उसो भए उनले अभिनयमा पनि हात हाल्ने छन् त ? "ए होइन होइन... त्यो चाहिँ भिडियो निर्देशक आसिफ शाहजीको आग्रह थियो", प्रमोद लजाउँदै भन्छन्- "गायकीमै जमौँ, त्यसपछि अरुबारे सोचौँला !"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
विचार सङ्गीतकार समुद्रपार लुकेका कुरा क्या बात ! कीर्तिमान रिलिज तातोपीरो ट्रयाक बाहिर प्रेम र विवाह नेपाली तारा भिडन्त उपलब्धि पेज थ्री अवार्ड बजारमा गीतकार गायक गायिका हल्ला
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल