Home» Around the World »Weird and Interesting

बच्चाको कलेजोमा घाँस


एउटी बच्चीलाई स्वास फेर्न गाह्रो भयो भनी जँचाउन ल्याएका एक चिनियाँ दम्पत्तिको ती नानीको कलेजोमा घाँस पलाउन शुरु गरेको पत्ता लागेपछि स्वयम् डाक्टरहरु नै चकित भएका छन् ।

झोउकोउ शहरकी १० महिनाकी ती नानीलाई त शुरुमा निमोनिया भएको भनी डाक्टरहरुले केही औषधि लेखिदिएका थिए । तर ती औषधिले पनि काम नगरेपछि पुनः ती दम्पत्ति डाक्टरकहाँ आइपुगेका थिए । डाक्टरले पुनः गम्भीरताका साथ जाँच गरेपछि उनको कलेजोमा घाँस उम्रेको पाइएपछि डाक्टरहरु छक्क परेका थिए ।

"डाक्टरले कलेजोमा घाँस पलाएको बताएपछि अहिले हामी राजधानीशहरको अस्पतालमा आइपुगेका हौँ", बच्चीका पिता हानले दैनिक पत्रिका दाहेलाई बताए ।

झेङघोउ विश्वविद्यालयसम्बद्ध अस्पतालमा यस्तो विरामीलाई प्योप्नुमोथोराक्स नामाकरण गरिएको छ । डाक्टरहरुले निमोनियाकै एउटा भागको रुपमा यसलाई व्याख्या गरे पनि यस्तो विरामी विरलै पाइने अस्पतालले जनाएको छ । हुन त यस रोगको पहिचान भए पनि उपचार पद्धति थाहा हुन नसकेपछि डाक्टरहरुले ती बच्चीको छातिको खुला सर्जरी गरेका छन् ।

"तीन सेन्टीमिटरको हलक्क बढेका घाँस देखेर हामी त चकित पर्‍यौँ । दाहिने कलेजोमा यो उम्रिएको थियो र हामीले सफलतापूर्वक यसलाई तह लगाएका छौँ", मुख्य सर्जन लि कुनले बताए ।

घाँस हटाइएपछि बच्चीको स्वास्थ्यमा क्रमिक सुधार आएको बच्चीका अभिभावकहरुले बताएका छन् । बच्ची खेल्ने आँगन वरपर जस्तो घाँस उम्रिएको छ, उनको छातिमा पनि त्यस्तै घाँस उम्रिएको पाएर उनका बाबुआमा चकित परेका थिए ।

यता डाक्टरहरुले घरको घाँस नानीको कलेजोमा उम्रनुलाई स्वाभाविक मानेका छन् । एक जना डाक्टरले भने- यदि नानी घाँसको छेउमा खेलेकी थिइन् भने कहिलेकाहीँ यस्तो पनि हुनसक्छ कि त्यो घाँसको विऊ हावाले उडाउँदै उनको नाकभित्रबाट कलेजोमा बसेको होस् र ओसिलो ठाउँ पाएर त्यो घाँसले उम्रन पाएको होस् ।

तर यस्तो चिज चाहिँ उनीहरुको जीवनकालमा देख्न नपाएको ती डाक्टरहरुले स्वीकार गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो प्रविधि सुन्दरी सेलेब्रिटी गुगल भव्यता माया इन्टरनेट नग्नता हलिउड उदारता मूर्ख्याइँ बलिउड मुद्दा मामिला विज्ञापन परिस्थिति कीर्तिमान सेक्स उपाय फट्याइँ
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,