Home» Cinema »Feature

ठोकठाक कम्पनीका मास्टर

शोभित बस्नेतलाई चिन्नेहरुले सिनेमा उद्योगका ठोकठाक मास्टर नै भनेर चिन्दछन् । कारण के भने उनले चलचित्र बनाउने घोषणा गरेर सुटिङको समाचार पत्रकारले लेख्न पनि भ्याएका हुँदैनन् कि चलचित्रको कामै सकियो भन्ने खबर आइपुगेको हुन्छ । यस्तै भयो केही समयअघि । शोभित बस्नेतले सिक्किम र नेपालको संयुक्त लगानीमा बनेको चलचित्र मिसन लभ इन सिक्किमको औपचारिक घोषणाको कार्यक्रम स्थानीय पर्यटन बोर्डमा के गरेका थिए, २० दिनपछि नै सबै काम सकियो भनेर सभा गर्न भ्याए ।

यस्तो अवस्थामा शुक्रबारदेखि उनै निर्देशकले बनाएको अर्को चलचित्र 'बारुद' रिलिज भएको छ । यो चलचित्र उनका अन्य चलचित्रभन्दा किन अलि बढी नै पत्रकारले चर्चा गरिरहेका छन् भने यसमा एउटा पत्रकारको सिनेमा हलमा दिनदहाडै हत्या हुन्छ र पत्रकारका छोरा बनेका निखिल उप्रेतीले ती हत्यारालाई पछि सजाय दिन्छन् ।

निर्देशक बस्नेतले आफ्नै भाइ जयकिशन बस्नेतका लागि निर्देशन गरिदिएका हुन् । त्यसो त यो चलचित्रमा हेर्न लायक कुरा केही छैन । चलचित्र अन्यजस्तै आम छन् । नेपाली चलचित्रका नियमित दर्शक चाहिँ निखिल उप्रेतीको 'काम' हेर्न जान्छन् । सबैलाई थाहा छ, उनको काम चाहिँ उछलकूद गर्नु नै हो । उनको जम्प, उनको फाइट हान्ने शैली हेरेर दर्शक अवश्य रमाउने छन् ।

निर्देशक बस्नेत चाहिँ मूलतः सानो बजेटमा छिटै चलचित्र सकाउने मध्येमा गनिएकाले होला, अहिलेसम्म बेरोजगार बस्नु परेको छैन । कतिसम्म भने उनको कामलाई 'राजु राजा राम' र 'चोर सिपाही'मा नजिकबाट चिहाउन पाएका ती दुवै चलचित्रका नायक भुवन केसीले समेत उनलाई 'मिस्टर श्रीमती, मिसेज श्रीमान्' चलचित्रका लागि अनुबन्धित गरिसकेको केसीले बताएका थिए ।

उनका यस अघिका चलचित्रमध्ये अग्निपथले निकै राम्रो व्यापार गरेको थियो । उनको दाबी छ, उनको 'राजु राजा राम' र पहिलो चलचित्र 'राजकुमार'ले बाहेक अरुले असफलताको धूलो चाट्नु परेको छैन । त्यसैले उनको निर्देशनको गाडी चलिरहेको छ । अहिलेसम्म धक्का लगाउनु परेको छैन ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रिलिज सेलेब्रिटी अभिनेता समारोह सेक्स प्रविधि सुटिङ हल्ला अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,