Home» Around the World »Weird and Interesting

सबैभन्दा बढी हसुर्ने विजेता


कस्तो असभ्य समाचारको शीर्षक भन्ने ठानिरहनु भएको छ भने एक छिन तपाइँको असहमतिलाई म असहमति व्यक्त गर्छु ।  किनभने एक अमेरिकी भान्सेले वर्ल्ड बरिटो-इटिङ च्याम्पियनशीपमा एक दर्जन मिनेटमा पौने एघार वटा बरिटो चपाएर आफूलाई खञ्चुवा व्यक्तिका रुपमा प्रमाणित गरिदिएका छन् । उनी न्यूयोर्कको एउटा रेष्टुराँमा भान्सेका रुपमा पनि काम गर्छन् र उनलाई पिज्जा राम्रैसँग बनाउन आउँछ । उनलाई आफ्नो नाम टिम जानुसभन्दा पनि इटर एक्सका रुपमा चिनाउन रुचाउँछन् ।

३० व
र्षीय जानुस अर्थात् इटर एक्सले केही पनि नखाई (चकलेट मात्र खाएको उनले पछि बताएका थिए) यो खेल जित्ने तयारी गरेका थिए । दिनभरिको ब्रतपछि साँझ भएको खेलमा उनले धमाधम बरिटो चपाएका थिए ।

"मलाई मेक्सिकन खाना ज्यादै मन पर्छ", उनले यो टाइटल जितेपछि एपी समाचार संस्थासँग भने ।

जम्माजम्मी एक सय दर्शकका अघिल्तिर उभिएर उनले कोस्टा भिडा रेष्टुराँले पकाएका एक दर्जन बरिटो चपाएका थिए । उनले त्यो खाना त्यति छोटो समयमा खाएबापत् तीन हजार अमेरिकी डलर पुरस्कारसमेत हात पारे । चामल, कालो दाल, सुँगुरको मासु, चिज र मीठो सस मिलाएर प्याक गरिएको खानालाई नै बरिटो भनेर चिनिन्छ ।

यसअघि उनको यो टाइटल एरिक बुकरले जितेका थिए । तर यस पटक इटर एक्सले उनलाई जिल्याइदिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान माया सेलेब्रिटी सुन्दरी गुगल इन्टरनेट भव्यता बलिउड नग्नता मूर्ख्याइँ विज्ञापन मुद्दा मामिला उपाय फट्याइँ हलिउड श्रीमानश्रीमती परिस्थिति उदेकलाग्दो उदारता सेक्स
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह